site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्दिरको गेट बनाउने क्रममा च्यापिएर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

रुकुम–पश्चिम । रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–४, मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । गेटले च्यापिएर मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खीमबहादुर गिरीको मृत्यु भएको हो ।

शनिबार (वैशाख ६) दिउँसो मुसीडाँडास्थित मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्कँदा च्यापिएर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमका सूचना अधिकारी एवं इन्स्पेक्टर ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार, घटना भएको खबर पाएलगत्तै प्रहरी निरीक्षक पाठकको नेतृत्वमा आठजनाको टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धान भइरहेको उनले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro