
कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४, उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन् । स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
शुक्रबार (वैशाख ५) बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही शनिबार बिहान पनि घर नर्फिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजारनजिकै मृत अवस्थामा भेटिएको र घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।
“घटनाको अनुसन्धानका लागि प्रहरी त्यसतर्फ गइरहेको छ,” उनले भने, “घटनाका विषयमा अनुसन्धान हुनेछ ।” रासस