site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु (अपडेट)

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा हुम्लामा एकै परिवारका  ६ जनाको मृत्यु भएको छ । मंगलबार राति खार्पुनाथ गाउँपालिका–५, खर्पेलगाउँमा एउटा घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खर्पेलगाउँस्थित धनवीरे शाहीको घर पहिरोले पुरिएको छ । पहिरोमा पुरिएर धनवीरेसहित उनका छोरा ५५ वर्षीय कलबहादुर शाही, कलबहादुरकी श्रीमती ४० वर्षीया आशा शाही तथा कलबहादुरका छोराहरू १३ वर्षीय अजेन्द्र, पाँच वर्षीय भुमेश र तीन वर्षीय जसबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेमन्त शर्माले पहिरोमा पुुरिएका ६ जनाकै शव भेटिएको जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro