site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका फुटपाथमा नयाँ रङ्गीचङ्गी ब्लक, टालेका सडकमा भने हिलैहिलो  
SkywellSkywell

काठमाडौं । ‘‘मेलम्चीको पानी आएपछि काठमाडौंका सडकको हिलो, धुलोधुँवा हट्नेछ,” काठमाडौंका मेयर विद्या सुन्दर शाक्यले सबैजसो कार्यक्रममा नछुटाइ दिने अभिव्यक्ति हो, यो । मेलम्ची खानेपानी काठमाडौं आएर उद्घाटनको दिनमा शाक्यले भनेका थिए, ‘‘अब काठमाडौं उपत्यकामा मेलम्चीको पानी आइसकेको छ । अब हिलाम्य सडक र धुलोधुँवा हुनेछैन ।”

तर व्यावहारिक रूपमा भने त्यस्तो भएन । गत वर्षको चैतको दोस्रो साताबाट मेलम्चीको पानी उपत्यकावासीको घरघरमा वितरण गरिएको थियो । अर्कोतिर त्यति नै बेला काठमाडौंका सडक जलमग्न भए । सडक विभागले त्यसको आपत्ति जनाएको थियो । पछि सडक मर्मत गरियो ।

अहिले भने मेलम्ची क्षेत्रमा आएको बाढीका कारण खानेपानी आयोजना प्रभावित भएको छ । जसका कारण काठमाडौंमा मेलम्चीको पानी आएको छैन । 

KFC Island Ad
NIC Asia

अहिले पनि काठमाडौंको हालत उस्तै छ । सडकहरू जलमग्न छन् । कतैकतै पिच गरिएका सडक उप्किदै छन् । विद्युतका तार भूमिगत गर्न खनिएका सडक पुरिएका छैनन् । भूमिगत गर्नपर्ने तारहरू असरल्ल रूपमा छरिएका छन् ।  

यसैबीच सडक विभागले यतिखेर फुटपाथ बनाइरहेका छन् । काठमाडौंका फुटपाथमा रङ्गीचङ्गी ब्लक बिच्छ्याइरहेको छ । थापाथली, माइतीघर, अनामनगर, रत्नपार्कलगायतका क्षेत्रमा विभागले ब्लक बिच्छ्याइरहेको छ ।  

Royal Enfield Island Ad

काठमाडौं महानगरपालिकाको सहरी पूर्वाधार विभागका अनुसार फुटपाथको सौन्दर्यता बढाउन ब्लक बिच्छ्याउन लागिएको हो । विभागका प्रमुख राम थापा काठमाडौंका सडकमा यस्तो ब्लक पहिलो पल्ट बिच्छ्याइएको बताउँछन् । ‘‘यसका लागि तीन करोड बजेट छुट्याइएको छ । अपांगमैत्री र फुटपाथको शोभा बढाउने भएकाले उक्त ब्लक बिच्छ्याउने काम गरेका छौँ,” उनले भने । 

मेयर शाक्यको एकसय एक प्रतिबद्धताको २४ नम्बरमा उल्लेख छ, ‘‘मेलम्ची आयोजना लगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरेर धुँलो र खाडलरहित सडक निर्माण गर्ने ।”

मेयर शाक्यले उक्त प्रतिबद्धता चार वर्षअघि नै व्यक्त गरेका थिए । उनले चुनाव हुनुअघि नै व्यक्त गरेको प्रतिशद्धताहरू अहिलेसम्म पूरा गर्न सकेका छैनन् । सडक विभाग, विद्युत प्राधिकरण लगायतका सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्न नसक्दा यस्तो समस्या आएको हो । 

यता फुटपाथमा ब्लक बिछ्याउन असारभित्रै काम सकाउनुपर्ने गरी कमलजित आरए कम्पनीसँग तीन करोड सम्झौता भएको छ । 

यस विषयमा सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले करिब १२ वर्ष अघिदेखि सडकमा बिछ्याइएका ब्लक टुट्ने, फुट्ने र पुरानो भएकाले उक्त ब्लक बिछ्याइएको बताए । ‘‘सडक विभाग अन्तर्गतका फुटपाथमा हामीले दिगो समयसम्म टिक्ने ब्लक बिछ्याइरहेको छौँ । यस्ता ब्लकले सहरको सौन्दर्यता पनि बढाउँछ । अपांगमैत्री पनि छ । रङ नखुइलिने एसियन कंक्रिट ब्लक हो । फुटपाथमा हिँड्ने पैदलयात्रुका लागि दिगो ब्लक हो । अहिलेसम्म ६५ प्रतिशत काम सकिएको छ,” प्रमुख नेपालीले भने ।

डिभिजन कार्यालयका अनुसार वर्षाको समयमा सडकमा खाल्डाखुल्डी देखिनु स्वाभाविक हो । ‘‘निरन्तर साता दश दिनसम्म वर्षा हुँदा साना खाल्डाखुल्डीमा पानी जम्मा हुन्छ । त्यसपछि ठूला खाल्डा पर्ने हो । हामीले निरन्तर खाल्डाखुल्डी पुर्ने काम गरिरहेका छौँ,” प्रमुख नेपालीले भने, ‘‘सम्पूर्ण रूपमा विद्युतका तारहरू भूमिगत भइसकेको अवस्था छैन । मेलम्ची खानेपानी काठमाडौंमा आउँदा सडक हिलाम्य भएका थिए । सडकमा खाल्डाखुल्डी देखिएका थिए । त्यसको केही प्रभाव अहिले देखिएको छ । हामीले ६५ प्रतिशत खाल्डाखुल्डी पुरी सकेका छौँ ।” 

पहिलेजस्तो सडकमा देखिएका खाल्डाखुल्डी अहिले नदेखिएको डिभिजन कार्यालयको दाबी छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro