site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इन्स्पेक्टर जोडिएको ‘हनी ट्रयाप’ घटना : एसपीमाथि समेत अनुसन्धान गर्नुपर्ने रायसहित मुद्दा दर्ता
बिनुकुमारी शाही । फाइल तस्बिर ।

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही जोडिएको भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि समेत अनुसन्धान गर्नुपर्ने रायसहितको मुद्दा दर्ता गरिएको छ । सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गएको मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय ललितपुरमा बुझाएको थियो । सीआईबीले एसपी थापाको कागजी बयान मात्र लिएको थियो ।

सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन चार दिन अध्ययन गरेर आइतबार मुद्दा दर्ता गराएको हो । सीआईबीअघि जिल्ला प्रहरी परिसर ललितपुरले घटनाको अनुसन्धान गरेको थियो ।

ललितपुर प्रहरीको अनुसन्धानमा उक्त घटनामा पक्राउ परेका इटहरीका ताज इस्लाम र दर्शन पोखरेल समूहले ललितपुरका एक व्यवसायीलाई हनी ट्रयापमा पारेर रकम असुल गरेको खुलेको थियो । त्यसपछि थप अनुसन्धानका निम्ति ललितपुर प्रहरीले प्रतिवेदन सीआईबीलाई बुझाएको थियो ।

प्रतिवेदन र पक्राउ परेका आरोपितमाथि सीआईबीले छुट्टै अनुसन्धान गरेको थियो । इटहरीकै भीमादेवी थापा र सुस्मा विकसहितको समूहले हनी ट्रयापमा पारेर ती व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गर्ने प्रयास गरेको थियो । १० लाख रुपैयाँ भीमादेवीको खातामा ‘ट्रान्सफर’ समेत गरिएको थियो । बाँकी रकमको चेक प्रहरीले बरामद गरेको थियो ।

सोही घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख एवं इन्स्पेक्टर शाहीको संलग्नता देखिएको थियो । उनीविरुद्ध समेत ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै उनी पदबाट निलम्बित छिन् । उनी फरार छिन् ।

पक्राउ परेका ताजको मोबाइल हालसम्म फेला परेको छैन । इन्स्पेक्टर शाहीको मोबाइलको समेत डिजिटल फरेन्सिक जाँच नहुँदा थप विवरण खुल्न सकेको छैन ।

सीआईबीले शाहीसहित ६ जनाविरुद्ध आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro