राजनीति
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार बेलुका उनलाई शपथ गराएकी हुन् ।
यस्तै, नवनियुक्त मन्त्रीहरुले पनि शपथ लिएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री पोखरेलसँगै कुमार खड्काले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।
नेकपा (माआवादी केन्द्र)का मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङले पनि मन्त्रीको शपथ लिएका छन् । गुरुङ, आचार्य र मनाङेले पनि विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८ २०:४४
प्रतिक्रिया दिनुहोस्