site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने माओवादीको निर्णय
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसद्‌मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादीले सरकारले ल्याएको अध्यादेशको अलोकतान्त्रिक भन्दै विरोध गर्दै आएको छ ।

त्यस्तै, आजको बैठकमा संसद्को हिउँदे अधिवेशन थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए । प्रमुख प्रतिपक्षी दलको हैसियतले अरु प्रतिपक्षी दललाई पनि सँगै लैजाने विषयमा माओवादी बैठकमा छलफल भएको छ ।

“हाम्रो दुईवटा जिम्मेवारी छन् । एउटा आफ्नो दलहरूको आवाज उठाउने । विपक्षी दललाई लिएर आवाज घनीभूत गर्ने विषयमा लामो छलफल भएको छ,” पाण्डेले भने ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान भएको विपक्षी दलसँगको छलफलबारे पनि ब्रिफिङ गरेका थिए । बैठकले सदनमा सशक्त ढंगले प्रस्तुत हुने निर्णय पनि गरेको छ । संसद्को हिउँदे अधिवेशनको पहिलो दिन (भोलि)को बैठकमा प्रचण्डले सम्बोधन गर्ने पाण्डेले बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro