site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान संशोधनका निम्ति २०८७ नै कुर्नुपदैन : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका लागि २०८७ कुर्न नहुने बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजना गरिएको संविधान संशोधन आवश्यकता र चुनौती विषयक अन्तर्क्रियामा बोल्दै उनले प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने भन्दै संशोधनका लागि सबैलाई विश्वासमा लिन सुझाव दिए ।

उनले २०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संशोधन गर्नैपर्ने अवस्था रहेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नहुने उल्लेख गरे । संविधान संशोधन गर्दा सबै राजनैतिक दलहरूबीच सहमति र समझदारी आवश्यक रहेको बताए ।

कोइरालाले २०७२ सालमा संविधान निर्माण गर्दा ताका जनताहरूबाट लिइएका सुझावलाई आधार बनाएर संविधान संशोधन गर्नुपर्ने सुझाव दिए ।

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro