site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कानुन व्यवसायीमाथिको हातपात अदालतले 'सुमोटो' चलाउने अवहेलनाको विषय (पूर्णपाठसहित)

काठमाडौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश समाजको विज्ञप्तिविरुद्ध वक्तव्य जारी गरेका छन् । माघ २ मा सहकारी ठगी मुद्दामा पीडितका तर्फबाट बहस गरेर बाहिरिँदै गर्दा काठमाडौं जिल्ला अदालत परिसरमा रास्वपा सभापति रवि लामिछानेका समर्थकहरूले आक्रमण गरेका थिए । आक्रमणपछि दिएका अभिव्यक्तिका आधारमा न्यायाधीश समाजले खेद प्रकट गरेको थियो ।

उक्त खेद प्रकट गर्ने बहालवाला न्यायाधीशको विज्ञप्तिले आफूविरुद्धको मुद्दामा निष्पक्ष सनुवाइको वातावरण समाप्त पारिदिएको भन्दै त्रिपाठीले विज्ञप्ति जारी गरेका हुन् । त्रिपाठीले विज्ञप्तिमा कानुन व्यवसायीमाथिको आक्रमण अन्तर्राष्ट्रिय अभ्यासअनुसार न्यायालयले आफैँ संज्ञामा लिएर 'सुमोटो' चलाउने अवहेलना मुद्दाको विषय भएको, कानुन व्यवसायीमाथि आक्रमण भएपछि त्यस्तो मुद्दामा तारिख वा धरौटी नहुने गरेकोसहितका अन्तर्राष्ट्रिय अभ्यास रहेको समेत उल्लेख गरेका छन् । उनले न्यायाधीशमा पनि अन्य पेसामा जस्तै सार्वजनिक जवाफदेहिता हुने भन्दै आफूमाथि उठेका प्रश्नबाट भाग्ने छुट नहुने उल्लेख गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तो छ विज्ञप्तिको पूर्णपाठ

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्