देश
काठमाडौं । प्रहरीले बालुवाटारमा प्रदर्शनमा उत्रिएका बृहत् नागरिक समाजका २० जनालाई शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नारायण वाग्ले, खगेन्द्र संग्राैलालगायत २० जना रहेका छन् । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले भने निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८ १२:०९
प्रतिक्रिया दिनुहोस्