site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई किशोरलाई बन्धक बनाएर लागुऔषध खुवाई कुटपिट : तीनजना पक्राउ

काठमाडौं । कैलालीमा दुई किशोरलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४, तारानगरमा डेरा गरी बस्दै आएका दुई किशोरलाई बन्धक बनाएर कुटपिट गरेको उनीहरूमाथि आरोप छ ।

पक्राउ पर्नेमा कैलालीकै गोदावरी नगरपालिका–१, अत्तरियाका २४ वर्षीय भूपी खड्का, धनगढी–१, सन्तोषी टोलमा बस्दै आएका कञ्चनपुरको बेलौरी नगरपालिका–५ का १८ वर्षीय किशोर र डडेलधुराको अमरगढी नगरपालिका–१का १८ वर्षीय किशोर छन् । सोमबार (हिजो) उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

धनगढी–४, तारानगरस्थित एक घरमा बन्धक बनाएर लागुऔषध खुवाई खुकुरी देखाएर तीनजना मिलेर आइतबार कुटपिट गरेको पीडितको भनाइ छ । उक्त उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro