site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यमन्त्री भन्छन् : २४ घण्टामा रिपाेर्ट दिन्छाैँ, प्रयोगशाला भन्छ, 'उहाँले भनेझैँ सम्भव छैन'
SkywellSkywell

पोखरा । प्रदेशको स्वास्थ्य मन्त्रालयको कमान्ड सम्हाल्ने सामाजिक विकास मन्त्रालयलाई तीनवटा मन्त्रालयमा विभाजन गरिएको छ । यसअघि नरदेवी पुनमगरले सम्हालेको स्वास्थ्यको कमान्ड अहिले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफैँले राखेका छन् ।

पृथ्वीसुब्बा गुरुङले ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेपछि सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएका थिए । उनले मन्त्रालय सम्हालिसकेपछि दुईपटकसम्म एउटै उद्घोष गरेका छन, “२४ घण्टाभित्रै स्वाब नमुनाको रिपोर्ट उपलब्ध गराउने ।”

तर, यो घोषणामै सीमित बनेको छ । प्रदेशको जनस्वास्थ्य प्रयोगशालाले पनि २४ घण्टामा कुनै हालतमा रिपोर्ट दिन नसकिने बताएको छ ।

KFC Island Ad
NIC Asia

२४ घण्टामा मात्रै होइन चाप थेग्न नसकेर प्रयोगशालाले काठमाडौं नै स्वाब समेत पठाउन बाध्य भयो । त्यसबीचमा स्वाबको गुणस्तर, तापक्रम व्यवस्थापन लगायतका कुराहरू ओझेलमा नै परे । एक त स्वाब लिएको ७ दिनपछि मात्रै दर्ता हुने त्यसमाथि पाँचदिनपछि मात्रै रिपोर्ट आएको तथ्य गण्डकीमा नै छ ।
पर्वतकै प्रतिनिधि घटना हेरौँ ।

परिवारका सदस्य संक्रमित भएपछि पर्वतको विहादी ३ का एक युवकले वैशाख ३१ गते पीसीआर परीक्षणका लागि स्वाब दिए । गाउँपालिकाको स्वास्थ्य महाशाखाले एकैदिन ७१ जनाको स्वाब लिएको थियो । उक्त दिन नै पर्वतको कुश्मा नगरपालिकामा ७७ जनाको स्वाब संकलन गरिएको थियो ।

Royal Enfield Island Ad

स्वास्थ्य विज्ञले ९ दिनपछि भाइरस सक्रिय नहुने र १४ दिन आइसोलेसन बसेपछि पुन परीक्षण गर्न नपर्ने बताउने गरेका छन् ।

९ दिनसम्म पनि रिपोर्ट नआएपछि सोही आधारमा स्वाब दिएका तर रिपोर्ट नआएका ती युवा हिँडडुल गर्न थाले । तर, १२ औँ दिनका दिन जेठ ११ गते ती युवाको रिपोर्ट पोजेटिभ देखियो ।

उनले आक्रोश पोख्दै सामाजिक सञ्जालमा लेखे, “स्वाब लिन घरमै आउनेहरू अनि रिपोर्ट आयो कि नाई वास्तै नगर्ने, कति दिनसम्म घरमै बस्ने ?”

नाम खुलाउन नचाहने कुश्माका अर्का युवा भन्छन, “९ दिनपछि कोरोना सर्दैन भन्छन, अब १० औँ दिनमा रिपोर्ट आयो भने त्यसको के अर्थ ? स्वाब लिएकामध्ये कसैको मृत्यु भएमा के जवाफ दिने ? सयौँको संख्यामा स्वाब लिने रिपोर्ट कहिले दिने ? यही पाराले कोभिड नियन्त्रण हुन्छ त ? स्वाब परीक्षण गर्न गाह्रो छ भने संकलन नै तुरुन्त रोकियोस् ।”

ग्रामीण क्षेत्रमा स्वाब संकलन गर्ने तर रिपोर्टमा आएका ढिलाइका कारण संक्रमण झन् फैलिने जोखिम बढेको छ ।

१२ औँ दिनमा रिपोर्ट आउँदा विहादी गाउँपालिकामा मात्रै ४७ जना संक्रमित देखिएका छन । यो ७१ जनाको ६६ प्रतिशतमा कोरोना संक्रमणको दर हो । विहादीमा नै नौ वर्षकी एक बालिकाको राति ज्वरो आएको भोलिपल्टै निधन भयो । उनमा लक्षण थिएन, स्वाब पनि दिएकी थिइनन् ।

संक्रमित भएरै विहादी गाउँपालिकाभित्रै हालसम्म २ जनाले ज्यान गुमाएका छन् ।

ग्रामीणस्तरमा पनि कोरोना संक्रमणको दर तीव्र गतिले वृद्धि भएको छ भने अर्कातर्फ रिपोर्ट आउन उस्तै समय लाग्ने गरेको छ । गण्डकीमा कोरोना संक्रमण न्यूनीकरण गर्न सरकारी प्रयास र कोरोनाको भयावह रिपोर्टको स्थिति यही घटनाले देखाउँछ ।

यता, संक्रमित मुख्यमन्त्री भने २४ घण्टामै स्वाबको रिपोर्ट दिनेउद्घोष गर्दैै हिँडेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कमान्ड सम्हालेपछि उनले जेठ ९ गते पनि रिपोर्ट समयमै आउने दाबी गरेका थिए । बुधबार पनि उनले गण्डकीका ११ वटै जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) सँग भर्चुअल कुराकानी गर्दै “२४ घण्टामा पीसीआर रिपोर्ट आउने” झुटो दाबी गरेका छन् ।

उनको दाबीलाई उनकै मन्त्रालय मातहत रहेको जनस्वास्थ्य प्रयोगशालाले गलत साबित गरिदिएको छ ।

प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीले एक विज्ञप्ति जारी गर्दै जेठ ६ गतेका स्वाबहरू काठमाडांै पठाएको जानकारी गराएकी छन् । चाप बढेका कारण समयमा नै रिपोर्ट दिन नसकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“प्रयोगशालालाई पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि दिनहुँ हजारौँको संख्यामा नमुना बाँकी बस्ने र समयमै रिपोर्ट दिन नसकिने अवस्था भएको हुनाले ६ गते विभिन्न जिल्लाका स्वाब टेकु पठाइएको जानकारी गराइन्छ ।” विज्ञप्तिमा भनिएको छ ।

प्रयोगशालामा नमुना दर्ता भएको अधिकतम ४८ घण्टाभित्र मात्रै रिपोर्ट दिन सकिने व्यहोरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर, स्थानीय तहले लिएका स्वाब नमुनाहरू प्रयोगशालामा दर्ता हुन नै ७ दिन लाग्ने गरेको छ । विहादी र कुश्मामा संकलित स्वाबहरू ५ दिनपछि ६ गतेमात्रै प्रयोगशालामा आइपुगेका थिए । तर, प्रयोगशालाले उक्त नमुना दुई दिनपछि मात्रै काठमाडौं पठाएको थियो ।

जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदी भन्छिन्, “चाप बढी भएर हामीले काठमाडांै पठाएका थियौँ, त्यही भएर पेन्डिङमा थिए । यसले गर्दा भ्रम फैलियो । हामीले काठमाडौं पठाएपछि उता क्लियर हुन्छ र काठमाडौंमा पनि छिट्टै हुन्छ भन्ने सोचेका थियौँ । तर, भएन । सँधै यस्तै हुने हो कि भन्ने गलत सन्देश जान्छ कि भनेर हामीले विज्ञप्ति निकालेका हौँ ।”

अहिले पनि प्रयोगशालाका तीनवटै मेसिन चलाउँदा दिनमा एक हजार पाँच सय जनाको मात्र स्वाब रिपोर्ट आउने गरेको छ । तर, दैनिक २ हजार बढी स्वाब थुप्रिने गरेका छन् । मुख्मयन्त्रीले भनेझैँ २४ घण्टामै रिपोर्ट दिन नसकिने उनले बताइन् ।

“समय नै तोकेर २४ घण्टामा दिन सकिँदैन । ४८ घण्टा अधिकतम भनेका छौँ । मुख्यमन्त्रीले भन्नुभयो होला,” उनले भनिन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार मात्रै गण्डकीमा एक हजार ७९ जना संक्रमित थपिएका छन भने सात जनाको ज्यान गएको छ । हालसम्म गण्डकीमा संक्रमितको संख्या ३७ हजार ९५४ पुगेको छ । तीमध्ये १० हजार ७३९ जना सक्रिय संक्रमित छन् । हालसम्म ५७७ जनाले ज्यान गुमाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro