site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
जनकपुरमा भिड बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित– स्थिति भयावाह हुनसक्छ (७ तस्बिर)
SkywellSkywell

जनकपुरधाम । कोरोना महामारी नियन्त्रण गर्न धनुषामा गएको वैशाख २१ गतेदेखि जिल्लाभरि निषेधाज्ञा जारी छ । संक्रमण तीव्र रुपमा फैलिएको भन्दै दुई गाउँ ‘सिल’समेत गरिएको छ । तर, प्रदेश राजधानी जनकपुरधाममा निषेधाज्ञाको अटेरी गर्नेहरु प्रशस्तै देखिन्छन् ।

निषेधाज्ञाको आइतबार १८ दिन पुगेको छ । धार्मिक, पारिवारिक र सामाजिक काममा लागि भन्दै स्थानीय बजारमा निस्फिक्री घुमफिर एवं मेलापात गरिरहेको देखिन्छ ।

जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको सीआईसीको समीक्षा बैठकमा पनि विज्ञले बजारमा भिड बढेको भन्दै नगरप्रमुख लालकिसोर साहसँग गुनासो गरेका थिए ।

KFC Island Ad
NIC Asia

“बजारमा मेलापात बन्द भएको छैन । यो तत्काल कम्तीमा तीन साता बन्द भएन भने स्थिति भयावह हुनसक्छ,” स्वास्थ्य निरीक्षक अभयकुमार सिंहले प्रशासन र नगरप्रमुखको ध्यानाकर्षण गराउँदै भने, “बजारमा कतै स्वास्थ्य मापदण्ड पालना भएको छैन । पसलहरु पनि दिनभरि खुल्ने गरेको छ ।”

जनकपुरधाममा मात्रै १५ सय बढी संक्रमित पुगिसकेको भन्दै आमसर्वसाधारणले मास्कको पनि प्रयोग नगरेको उनले उल्लेख गरे । “चोक–बजारको चियापसलदेखि हाट र दैनिक बजारमा भिड बढी छ । स्वास्थ्य सतर्कता पनि खासै अपनाइएको हुँदैन,” उनले भने, “पेठिया बजार र रेलवे स्टेसन बजारमा सेवाग्राहीको थामिनसक्नु भिड हुने गरेको छ ।”

हटिया बिहान र बेलुका मात्र सञ्चालन गर्ने भनिए पनि दिनभरि सर्वसाधारणको चहलपहल हुने गरेको उनको भनाइ छ ।

जनकपुरका चोक–चोकमा उभिएर मास्क लगाउन आग्रह गर्दा पनि सर्वसाधारणले अटेरी गर्ने गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । मास्क नलगाउने थुप्रै मानिस कारबाहीमा परेको उनले उल्लेख गरे ।

कोरोनाभाइरसको दोस्रो लहर सुरु भएयता स्वास्थ्य मापदण्ड पालना गर्न सचेत गराए पनि अटेरी भइरहेको उनी बताउँछन् । “भिडभाड हुन नदिन र मास्क प्रयोगका लागि प्रहरी परिचालन गरे पनि हाटबजार व्यवस्थापन हुन सकेन,” उनले भने, “प्रहरीले हरसम्भव प्रयास गरेको छ । केही दिन पूर्ण रुपमा लागु भए पनि विस्तारै त्यो क्रम घटेको छ ।”

थप तस्बिर हेर्नोस्

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro