site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
म्यानमार भूकम्पमा १८ नेपाली भाषीको मृत्यु, थुप्रै बेपत्ता 
तस्बिर : रोयटर्स ।

काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पपछि भौतिक संरचना भत्कँदा पुरिएर मृत्यु हुने नेपाली मूलका म्यानमारीको संख्या १८ पुगेको छ । भग्नावशेषमा थुप्रैजना हराइरहेका छन् । उद्धार कार्य जारी रहेकाले त्यो संख्या अझ बढ्ने अनुमान छ ।

“हालसम्म १८ जना नेपाली मूलका म्यानमारी नागरिकको मृत्यु भएको खबर प्राप्त भएको छ । यो सबै मान्डले सिटीमा भएको हो,” म्यानमारका निम्ति नेपाली राजदूत हरिषचन्द्र घिमिरेले बाह्रखरीसँग भने, “सम्पर्कमा नआएका धेरै छन् । उद्धार कार्य चलिरहेको छ । संख्या अझ बढ्न सक्छ ।”

शुक्रबार (मार्च २८) म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो ।

भूकम्पबाट बढी क्षति पुगेको मान्डले क्षेत्रमा ३०–३५ हजारको संख्यामा नेपाली मूलका म्यानमारी नागरिकको बसोबास रहेको राजदूत घिमिरेले बताए ।

भूकम्पपछि संरचना भत्कँदा हालसम्म एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पबाट थाइल्यान्डमा पनि भवन भत्कँदा १७ जनाको मृत्यु भएको छ । त्यहाँ सबै नेपाली सुरक्षित रहेका थाइल्यान्डका निम्ति नेपाली राजदूत धनबहादुर ओलीले जानकारी दिए ।

म्यानमारको सैन्य परिषद्ले भूकम्पमा परी मृत्यु हुनेको संख्या बढेर एक हजार ६४४ पुगेको जनाएको छ । घाइतेको संख्या बढेर तीन हजार ४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेका जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro