site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्ट र फुडको संगम ‘विद्रोह’
SkywellSkywell

“विद्रोही विचार लिएर
विद्रोही कलाकारहरु
विद्रोही घुुम्तीमा निदाएका 

बुद्धिहरुलाई जगाउन विद्रोह गरिरहेका छन्...।” यी शब्दसहितको फ्रेम भित्तामा छ । वरिपरि सुन्दर चित्रकला सजाइएका छन् । रुफटप जाने भर्‍याङको माथि नेपालका पाँच दिग्गज व्यक्तित्वहरुको स्केच लहरै टाँगिएका छन् ।

दायाँबाट हेर्दै जाँदा पहिलोमा हँसिलो मुहारका हास्यकलाकार जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ छन् । स्वरसम्राट नायराणगोपाल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र सगरमाथा आरोही पहिलो नेपाली महिला पासाङल्हामु शेर्पाका मुहारचित्र छन् । यी चित्रले कुनै ग्यालरीमा भएको महसुस हुनसक्छ । तर, यो ठमेलस्थित विद्रोह क्याफे एन्ड बारको दृष्य हो ।

KFC Island Ad
NIC Asia

फुड र आर्टको कोल्याबोरेसन हो, ‘विद्रोह’ । पहिलो तलामा ग्यालरी र दोस्रो तलामा सानो ग्यालरीका साथै बसेर आर्ट र फुडको मजा लिन सकिने क्याफे र बार हो । ठमेलको सातघुम्ती चोकसँगै छ, ‘विद्रोह’ । एकैथलोमा आर्ट र फुडको स्वाद दिन सक्नु नै विद्रोहको विशेषता हो ।

Royal Enfield Island Ad

‘विद्रोह’ ग्यालरी र इन्टर कन्टिनेन्टल फुडसहितको क्याफे तथा बार हो । यहाँको स्पेसल डिसमध्ये अरबिक, वेस्टर्न र नेपाली कुजीनको फ्युजनहरु हुन् ।

कलाप्रेमी साथीको भेन्चर
रोमेल भट्टराई, अभिषेक कंसाकार र चन्दन लम्साल तीन युवाहरु मिलेर विद्रोह सञ्चालनमा ल्याएका हुन् । उनीहरुले लकडाउन सुरु हुनुभन्दा चार महिनाअघि नेपाली तथा अन्तर्राष्ट्रिय कलाप्रेमी र फुडप्रेमीहरुलाई एकैठाउँमा फुड र आर्टको मजा दिनका लागि यो सुरु गरेका थिए । तर, लकडाउनका कारण बन्द भयो । अहिले विद्रोहले रफ्तार समाउँदै छ ।

यी तीन साथीहरुको यो भेन्चर नयाँ भए पनि उनीहरुको आर्टको सहयात्रा भने सन् २०१० देखि नै सुरु भएको थियो । “हामीले सन् २०१० तिर आर्ट लाइफ सुरु गरेका थियौँ । यसमार्फत हामी विशेषगरी स्ट्रिट आर्ट प्रोजेक्टहरु र आर्ट प्रदर्शनीहरु गर्थ्यौँ । लामो समय पब्लिक स्पेसमा काम गर्दागर्दै अब त ग्यालरी खोलेर आर्ट बेच्नुपर्छ र युवा कलाकारहरुलाई स्पेस दिनपर्छ भन्ने लागेर विद्रोह सुरु गरेका हौँ।” सञ्चालकमध्येका एक भट्टराई भन्छन् ।

विद्रोहको भुइँदेखि भित्ता, सिलिङ हरेक कुना आर्टले सजिएका छन् । यहाँका भित्ता देशी तथा विदेशी र विद्रोहकै सञ्चालकहरुको सुन्दर आर्ट र भनाइहरुले भरिएका छन् ।

सामान्यतया, कन्टेम्पोररी (समकालीन) ग्यालरी, ट्रेडिसनल (परम्परागत) ग्यालरीहरु मात्रै हुन्छन् । तर, यो स्पेस (ग्यालरी)चाहिँ वैकल्पिक अभिव्यक्तिका लागि खोलेको भट्टराई बताउछन् । यहाँको ग्यालरीका आर्ट रेगुलरभन्दा पनि विभिन्न माध्यम जस्तै, स्प्रे, स्टेन्सिल्सजस्तो फरक–फरक उपकरण प्रयोग गरेर तयार पारिएका छन् । भट्टराई र उनको टिमले पनि यी माध्यमको प्रयोग गरी स्ट्रिट आर्ट गर्ने र नेपालसहित विदेशी युवाहरुलाई प्रशिक्षण दिने पनि गर्छ ।

“हामीले विद्रोहमार्फत आर्ट, फुड र म्युजिकलाई जोडेर एउटा लाइफस्टाइल क्रियट गर्न खोजेका छौँ,” उनी अगाडि थप्छन्, “यहाँ कलाकारहरु एकार्कासँग बसेर आइडिया एक्सचेन्ज गर्न सक्छन् । बायर्ससँग फुडको मजा लिँदै कलाबारे लामो गफ गर्न सक्छन् ।” आफूहरुको उद्देश्य युवा क्रियटिभ कलाकारलाई स्पेस दिनु र कलाको युवा ग्राहक बढाउनु समेत भएको उनीहरुको भनाइ छ ।

परिकारमा फ्युजन
विद्रोहको मेनुमा नेपाली मात्रैभन्दा पनि नेपाली र विदेशी दुवै ग्राहकलाई ध्यानमा राख्दै तयार पारेको फ्युजन पाइन्छ । यी फ्युजन मेनुमा सेट हुनुअघि टेस्टमा फरक नपरोस् भनेर विद्रोह टिम आफैँले धेरैपटक टेस्ट गरेपछि मात्रै ग्राहकलाई सर्भ गरिन्छ ।

यहाँ मांसाहारी, शाकाहारी र भेगन तीनैथरी फुड पारखीहरुको स्वादलाई विशेष ध्यान दिइएको छ । यहाँ हेल्डी अरबिक परिकार पनि चाख्न पाइन्छ । शाकाहारी र भेगनहरुका लागि विद्रोहको स्पेसल कोर्समा चिल्ड टोफु विथ स्पिनिच एन्ड सोया सेसेमिसस र अरबिक मेजेट प्लाटर रहेको छ ।

उसिनेको स्पिनिच (पालक)माथि चिल अर्थात् चिसो फ्रिजमा राखिएको टोफुको सानो–सानो टुक्रा राखिन्छ । सोया सेस्मी सस र सेस्मी स्ड्सि राखेर सजाएपछि चिल्ड टोफु विथ स्पिनिच एन्ड सोया सेसेमिसस सर्भका लागि लागि तयार हुन्छ ।

हरेक साताको शुक्रबार र शनिबार ‘विद्रोह स्पेसल’मा पाइन्छ, फ्रेस सी–फुड । अरबिक कुजिन किनावा र मिक्स पेपरसहित ग्रिल्ड प्राउनको स्वाद यो कुजिनमा लिन सकिन्छ । फ्रिजमा राखिएको चिल प्राउनलाई तातो तेल भएको प्यानमा फ्राइ गरिन्छ । भित्रसम्म मज्जाले पाकोस् भनेर त्यसलाई केही छिन छोपेर पकाइन्छ । अनि, प्लेटमा किनावा राखिन्छ । त्यसको माथि फ्राई गरेको प्राउन राखिन्छ । त्यससँगै थोरै स्यालेड, आधा काटेको कागती राखेर सानो बाउलमा केही अमिलो स्वादको सस राखिन्छ । यसलाई अझै आकर्षक देखाउन ती सबैमाथिबाट थोरै बाल्समिक ग्रेस र ग्रिन ओइलले सजाइन्छ ।

रोस्टेड चिकेन विथ रोजमेरी पोटेटो, मिक्स मःम प्लाटर पनि यहाँको स्पेसल कुजिन हो । मिक्स हरियो, रातो, खैरोलगायत थरीथरी रङ र स्वादमा मिक्स मःम प्लाटर ममप्रेमीहरुका लागि तयार पारिएको विशेष फ्युजन हो । यसमा पटेटो एन्ड चिज मःम, स्पिनिज एन्ड चिज, सोया विथ बेलबेटो मःम, पोर्क मःम, चिकेन मःम र बफ मःमको स्वाद एकैप्लेटबाट लिन सकिन्छ ।

एक हजार रुपैयाँ बोकेर गए विद्रोहको कुनै एउटा मेन कोर्स, एउटा ड्रिंक लिन सकिन्छ । विद्रोह यो क्षेत्रका अन्य रेस्टुरेन्टभन्दा सस्तो भएको ग्राहकहरुको प्रतिक्रिया रहेको सञ्चालकको दाबी छ ।

“मजाले खाना र कलाको स्वाद लिइसकेपछि बिल तिर्दा मुख बिगार्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । फेरि–फेरि हामीलाई सम्झिइयोस् भन्ने हो,” भट्टराईले भने ।

नाम र काम
नामजस्तै विद्रोहका सञ्चालकहरु आर्टमार्फत सकारात्मक परिवर्तनका लागि ‘विद्रोह’ गरिरहेका छन् । यहाँ सजाइएका हरेक आर्टले युवाहरुको सोच र देश र प्रणालीमाथि विद्रोह पोखिरहेकोजस्तो भान हुन्छ ।

ग्यालरीमा विदेशी कलाकार बक्सीको पेन्टिङको सिरिज छ । उनले विभिन्न देश घुमेर पेन्टिङ गरिसकेका छन् । भ्रमणको रुपमा नेपाल उनको ८६औँ देश हो । साथै, अमेरिकी, नेपाली कलाकारका कला एकैथलोमा प्रदर्शनीमा राखिएका छन् ।

पेन्टिङ बेचेर आएको कमाइको ७० प्रतिशत कलाकारलाई र बाँकी ३० प्रतिशत विद्रोह टिम अर्थात ग्यालरीलाई जान्छ ।

सञ्चालक भट्टराई भन्छन्, “यो भेन्चर भनेको हाम्रो त्यत्रो वर्षको मिहिनेतको फल नै हो । स्ट्रिटमा काम गर्ने, पब्लिक स्पेसमा काम गर्ने, अब आफ्नै ग्यालरी चाहियो, पेन्टिङ बेच्नुपर्‍यो भन्ने सोचर यो खोलेका हौँ ।”

तस्बिर तथा भिडियो ः सुनिल प्रधान

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro