site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अहमदाबादबाट लन्डन उड्न लागेको एयर इन्डियाको उडान एक्कासि रद्द

काठमाडौं ।  भारतको एयर इन्डिया एयरलाइन्सको मंगलबार हुनुपर्ने अहमदावाद–लन्डन फ्लाइट रद्द भएको छ । 

भारतको गुजारतको अहमदावादको सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भर्न लागेको एआई १५९ फ्लाइट एक्कासि रद्द गरिएको हो । यो विमान  दिउँसो एक बजे उड्नु पर्नेमा रद्द गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एयर इन्डिया एयरलाइन्सले फ्लाइट एआई १५९ रद्द हुनुको कारणमा विमान उड्ने अन्तर्राष्ट्रिय हवाइ क्षेत्र (एयर स्पेस) को उपलब्धता नहुनु रहेको स्पष्टीकरण दिएको भारतको टाइम्स अफ इन्डियाले जनाएको छ । 

साथै एयर इन्डियाले विमानमा आएको प्राविधिक गडबडीका कारण रद्द भएको भन्ने आफवाहहरुलाई निराधार भएको पनि बताएको छ ।

एक विज्ञप्ति निकाल्दै एयर इन्डियाले भन्यो, “आज अहमदाबादबाट ग्याटविक जाने उडान एआई १५९ विमानको एयर स्पेस उपलब्धताको नभएका कारण रद्द गरिएको छ। यो हवाई क्षेत्रमा लागू प्रतिबन्धहरू र अतिरिक्त सावधानीका कारण विमानहरूको सामान्यभन्दा बढी समय लाग्ने टर्नअराउण्डको परिणाम हो, दाबी गरिएको जस्तो कुनै प्राविधिक समस्याको कारण होइन ।”

“हामी हाम्रा यात्रुहरूलाई पर्न गएको असुविधाको लागि माफी माग्न चाहन्छौं र उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक व्यवस्था गरेका छौं । हामी होटल आवास प्रदान गर्दैछौं र यात्रुहरूले रद्द गर्न चाहेमा पूर्ण रकम फिर्ता वा निःशुल्क पुनः निर्धारण (रिसेड्यूलिङ) को सुविधा पनि दिँदै छौं । यसको परिणामस्वरूप, १७ जूनमा लन्डन ग्याटविकबाट अमृतसर जाने उडान एआई १७० को उडान पनि रद्द गरिएको छ,”विज्ञप्तिमा भनिएको छ ।

गत बुधबार भारतको सोही सरदार वल्लभ भाइ पटेल अन्तराष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडेको विमान केही सेकन्डभित्र दुर्घटना भएको थियो ।

त्यसै सन्दर्भमा आजको एआई १५९ उडान हुन नसक्दा विभिन्न अफवाहहरु फैलिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्