site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 क्यानभास रङ्गाएर मायाको उत्सव मनाउँदै कलाकार जोडी 

काठमाडाैं । केही दिनदेखि हावामा मायाको जादु घुल्न थालिसकेको छ । प्रेमिल जोडीहरु फेब्रुअरी १४ (प्रेम दिवस) कुर्दै छन् । आपसमा प्रेम साटासाट गर्न यो विशेष दिनको रुपमा लिइन्छ । त्यसैले पनि अंग्रेजी पात्रको दोस्रो महिना (फेब्रुअरी)लाई नै ‘मायाको महिना’ को रुपमा लिइन्छ ।

अरुबेला सँगै भए पनि आ–आफ्नै कामको व्यस्ताताका कारण आफ्नो मनमा भएको मायाको भाव पोखिराख्न समय नमिलिरहेको हुने भएर पनि होला जोडिहरु यो विशेष दिनको सहारा लिन्छन् । 

हुन त आफ्नो मनको कुरा वा भनौं माया आफ्नो प्यारो मान्छेसँग पोख्ने माध्यम व्यक्ति पिच्छे फरक हुन्छ । तर, मायाको भाव पोख्ने माध्यममध्ये एक चित्रकला मै लागिरहेकाहरुलाई भने माया पोख्न योभन्दा उत्तम माध्यम अरु के होला र ? 

त्यसैले कलाकार जोडी इशान परियार र सविता डंगोल एकअर्काबीचको माया र वैवाहिक सम्बन्धको मिठास पोख्न यसैको सहारा लिन्छन् । उनीहरुका लागि यो महिना अविस्मरणीय छ । प्रेम दिवस मात्रै यसको कारण होइन । यो त्यही महिना हो जब उनीहरु प्रेमीप्रेमीकाबाट श्रीमानश्रीमती भएका थिए ।

पाँचौ विवाह वार्षिकोत्सवको अवसरमा उनीहरुले युगल कला प्रदर्शन गर्दैछन् । ‘लब थ्रो द लाइन...’ शिर्षकमा उनीहरुको तेस्रो युगल कला प्रदर्शनी आजबाट भुर्चअल रुपमा आयोजना हुँदैछ । 

No description available.

कला प्रदर्शनीको शिर्षकबारे ईशान भन्छन्, “हामीले पेन्टिङ कोर्दा सानो लाइनबाटै सुरु गर्छौ । लाइन लाइन मिलेर एउटा अर्थपूर्ण, सुन्दर र पूर्ण पेन्टिङ तयार हुन्छ । त्यस्तै दुई व्यक्ति एकअर्कासँग जोडिन पनि केही विन्दु पक्कै चाहिन्छ । दुई व्यक्तिबीचको सम्बन्ध सुमधुरताका साथ निरन्तर हुन पनि केही कनेक्सन पक्कै चाहिन्छ । त्यसैले लाइनलाई हामीले दुई व्यक्ति, आत्मा, वस्तु जडानकर्ताको सिम्बोलको रुपमा प्रयोग गरेका छौं । लाइन अनन्तः हुन्छ, त्यसैले हामीले यहाँ शिर्षकको अन्तिम शब्द लाइन लाई पूर्ण विराम दिएर नरोकी चारवटा थोप्लो दिँदै निरन्रताको रुपमा देखाउन खोजेका छौं ।”

शिर्षकका साथै उनीहरुले रंगलाई पनि विशेष प्राथमिकता दिएर सिम्बोलिक रुपमा प्रयोग गरेका छन् । मायाको प्रतीकका रुपमा लिइने रातो रङलाई नभई कलाकार जोडिले आफ्नो क्यानभासमा पहेँलो, सुन्तला रंगलाई प्राथमिकता दिएका छन् ।
यसबारे प्रस्ट्याउँदै कलाकार परियार भन्छन्, “यी भनेको अर्थ (पृथ्वी) र अस्तित्वलाई प्रतिनिधित्व गर्ने रङहरु हुन् । महिला पुरुष भनेको पनि नेचर (अर्थ)कै एक अंग हुन् । र अस्तित्वको कुरा गर्दा हाम्रो माया आज पनि उत्तिकै गाढा छ र निरन्तर यसरी नै गाढा हुँदै बढ्दै जान्छ भविष्यमा पनि भनेर देखाउन खोजेका हौं ।”

मायालाई रातो रङमार्फत मात्रै दर्साइन्छ भन्ने सोचलाई पनि आफ्नो कामबाट परिवर्तन गर्ने प्रयास पनि उनीहरुको छ । 

उनीहरुको यो प्रथम युगल कला प्रदर्शनी भने होइन । सन् २०१७ मा प्रथम विवाह वार्षिकोत्सव उनीहरुले युगल कला प्रदर्शनीबाट सुरु गरेका थिए । हरेक वर्ष यस विशेष दिनको मौका छोपेर युगल कला प्रदर्शनी जारी गर्ने निधो पनि गरेका थिए । यद्यपि दास्रो वर्ष ईशानलाई पितृ शोक परेकाले सम्भव भएन । त्यसैले सन् २०१९ मा उनीहरुले दोस्रो युगल कला प्रदर्शनी गरे । 

No description available.

फेरि कोरोनाले गर्दा गत वर्ष पनि यो सम्भव भएन । अहिले पनि कोरोनाको क्रास हराइसकेको छैन । त्यसैले उनीहरुले यो पटक अनलाइनमार्फत प्रदर्शनी गर्ने निधो गरेका हुन् ।

यो पटकको प्रदर्शनीमा ईशान र सबिताले एउटै क्यानभासमा रंग्याएका ४/५ वटा चित्रकला पनि हेर्न सकिन्छ । युगल भनिए पनि यसअघिका प्रदर्शनीमा उनीहरुले छुट्टाछुट्टै क्यानभासमा काम गरेका थिए । तर, भाव र विषय भने एउटै थियो । तर, यसपटक भने अवलोकनकर्ता र साथीहरुको सुझावलाई महत्त्व दिँदै उनीहरुले एउटै क्यानभासलाई मायाले रंगाएका छन् । 

उनीहरुको यस पटकको प्रदर्शनीको मुख्य आकर्षणमा ४/४ साइजको  ‘यिन एण्ड या’ मा आधारित पेन्टिङ हो । यो उनीहरुले प्रदर्शनीका लागि बनाएको सबैभन्दा ठूलो पेन्टिङ हो । गोलो कालो रंङको घेराभित्र आधा सेतो र आधा कालो रङले भरिइएको छ, कालो रङको एक कुनामा सेतो र सेतो रंगको भागको एक कुनामा कालो थोप्लो ।

चिनिया दर्शनमा यसकोे अर्थ एकअर्कामा विलकुलै फरक देखिने यी दुईपाटो कसरी एकअर्कामा अन्तरसम्बन्धित, परनिर्भर छन् र कसरी एकअर्कालाई साथ दिइरहेका छन् भन्ने भाव व्यतm गर्दछ । 

तर, कलाकारद्वय ईशान र सविताले यसलाई आफ्नै शैलीमा ढाल्ने जमर्को गरेका छन् । क्यानभासको विचको गोलो घेराभित्र महिला र पुरुष फिगर देख्न सकिन्छ । भने त्यसको पृष्ठभूमिको माथिल्लो भागमा सुन्तला रङ र तल्लो केही भागमा भने निलो रङले पानीको छालको आकार कोरिएको छ । माथि सुन्तला रङको बाँया पट्टि मठमन्दिरहरु कोरिएका छन् । भने दायाँ भागमा हिमाल, खरको छानो भएका घर र डुंगा चित्रण गरिएको छ । 

“‘यिन एण्ड याङ’को फिलोसोफिलाई लिएर हामीले महिला र पुरुष पात्रलाई उतारेका छौं । मानव जाति नै भए पनि शारीरिक बनावटको आधारमा महिला पुरुष दुई अलग छन् । तर, यी दुई विना सृष्टि सम्भव छैन,” सविता पेन्टिङको वर्णन गर्दै थप्छिन्, “हरेक प्रेम सम्बन्ध र वैवाहिक सम्बन्ध पूर्ण र दिगो हुनलाई यी दुईबीच सहकार्य, सौदार्यता र सन्तुलन हुन पनि उत्तिकै जरुरी छ भनेर पनि देखाउन खोजेका छौं ।”

No description available.

काठमाडौंमा जन्मिएकी सविता र पोखरामा जन्मिएका ईशानले पेन्टिङमार्फत आ–आफ्नो ठाँउलाई पनि प्रस्तुत गरेका छन् । “मैले काठमाडौं, ललितपुर र भक्तपुरका मठमन्दिरहरु कोरेको छु भने ईशानले पोखरालाई झ्ल्काउने गरि माछापुच्छ«े हिमाल, गाँउकाघर र पानी अनि डुंगा यस पेन्टिङको पृष्ठभूमिमा कोरेका छन्,” सविताले बताइन् । 

यी पेन्टिङमार्फत उनीहरुले एकअर्काबिीचको माया, एकअर्कासँग विताएका केही मायालु पल र लकडाउनले उनीहरुको वैवाहिक सम्बन्धमा ल्याएको केही तनावलाई पनि पोख्न खोजेका छन् । 

मायाको प्रतीकको रुपमा लिइने ताजमहल घुम्न जाँदाको पललाई पनि उनीहरुले क्यानभासमा उतारेका छन् । ताजमहलको सम्झना त्यही ठाँउमा नै बसेर कोर्ने धोको थियो । यद्यपि त्यसका लागि अनुमति थिएन । त्यसैले उनीहरुले त्यसबेलाको सम्झनालाई अहिले पेन्टिङमार्फत जिवन्त बनाउने कोशिस गरेका छन् । मायाको प्रतीकको अगाडि उभिएर मायाको पोज अर्थता टाइटानिक पोजमा खिचेका फोटो र एकअर्काको अंगालोमा वेरिएको फोटोलाई क्यानभासमा उतारेका छन् । 

No description available.

क्यानभासमा देखिने महिला र पुरुष पात्रहरु कलाकार ईशान र सविताकै प्रतिनिधि भएको पनि उनीहरुले बताए । 

अन्तर जातिय विवाह गरेका उनीहरुले यसका लागि परिवारलाई राजी गर्न लागेको संघर्षका बारेमा पनि पेन्टिङमार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  ०७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro