site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्तरिक रुपमा सञ्चालनमा आउँदै नाटकघर

काठमाडाैं । नाटकघरहरु बन्द भएको आठ महिना भइसकेको छ । यसबीच अन्य क्षेत्रहरु विस्तारै चलयमान भएपनि सिनेमा  घर र नाटकघर कहिलेदेखि खोल्न पाउने भन्ने निर्णय अहिलेसम्म भएको छैन । 

सरकारले यस विषयमा कुनै ठोस निर्णय नसुनाउँदा नाटकघर सञ्चालकहरुमा अन्यौल छ । आधिकारिक रुपमा दर्शकका लागि खोल्न अनुमति कुरिरेहपनि आन्तरिक रुपमा भने नाटकघरहरु सञ्चालन भइरहेका छन् । भर्चुअल रुपमा कार्यक्रम गरेर हुन्छ वा थोरै कलाकारहरुमात्रै उपस्थित भएर हुन्छ केही नाटकघरहरु सञ्चालनमा आइरहेका छन्भने बाँकी पनि अब सञ्चालनमा आउने तयारीमा छन् । 

यस्तै काठमाडौं लगायत मोफसलका नाटकघरहरुबीच कसरी अघि बढ्ने भन्ने  विषयमा आवश्यक छलफल पनि भइरहेको छ । 

रंगकर्मी केदार श्रेष्ठ लामो समयपछि किर्तीपुरस्थित उनको नाटकघर थिएटर मलको सरसफाई गर्दैछन् । उनी नाटकघर सफा गर्दै दर्शकका लागि नाटक घर खोल्ने सरकारको निर्णय पर्खिएर बसिरहेका छन् । सरकारले नाटकघर खोल्न अनुमति त दिएको छैन तर पनि उनी अब आवश्यक सावधानी अपनाएर कार्यशालाहरु सञ्चालन गर्ने योजनामा छन् । 

“यति लामो समय सरकारको निर्णय कुरेर बसियो । पार्टी प्यालेस, जिम पनि त खोल्न अनुमति दिएको छैन, तर हामी देख्न सक्छौं जिम सेन्टरहरु खुलिरहेका छन् । यसो भन्दैमा हामी आफ्नो दायित्व बिर्सिएर मञ्चन गर्न मिल्नेगरि नाटकघर खोल्दैनौं । तर हामीले आन्तरिक तयारी भने गर्नुपर्ने समय आइसकेको छ,” श्रेष्ठ अगाडि थप्छन्, “७ महिनासम्म बन्द हुँदा हामी कलाकारको अभिनयको लय नै बिग्रीने हो कि भन्ने डरका कारण पनि हामीले नाटकघर कलाकारकै लागि मात्रै भएपनि खोल्नु पर्ने भइसकेको छ ।”

सरकारले नाटकघरको हितमा कहिले कुनै सम्बोधन नगरेको उनको गुनासो छ । “सरकारले हामीलाई न बन्द गर्न प्रत्यक्ष रुपमा सम्बोधन गरेको थियो न त अब खोल्न नै गर्ने छ । हल, जिम, पार्टी प्यालेस खोले नखोलेको हेरेर हामी आफैंले बुझेर खोल्ने त हो ।”

नाटकघर खोल्ने की नखोल्ने भन्ने कुरामा अन्योल भएको रंगकर्मी तथा मण्डला नाटकघरका सञ्चालक मध्ये एक सोमनाथ खनाल बताउँछन् । “हामीलाई तत्काल नाटकघर खोल्ने की नखोल्ने भन्ने अन्योल छ । किनभने नाटकघरु खोलिहाले पनि संक्रमण फैलिहाल्ने हो की भन्ने डर छ । फेरि नखोले पनि दर्शकले कहिलेदेखि नाटक मञ्चन हुन्छ भन्दै सोध्न थालिसक्नु भएको छ,” उनले भने । 

नाटकघर सञ्चालकमा यो अन्योल पैदा हुनुको पछाडि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लापरवाही भएको गुनासो रंगकर्मी केदार श्रेष्ठको छ । उनी भन्छन्, “चलचित्रको बारेमा यसको अभिभावक चलचित्र विकास बोर्डले सरकारलाई घच्घचाउने काम गरिरहेको छ । तर, हाम्रो अभिभावकले नै अभिभावकत्व ग्रहण नगरिदिँदा हामीमा यो अन्योल छाएको हो ।”

लामो समय नाटकघर ठप्प भएका कारण आर्थिक भार त छँदै छ अभिनयको लय पनि बिग्रिनी डर रंगकर्मीमा तथा सञ्चालकहरुमा छ । 

खनालका अनुसार अहिले नाटकघर सञ्चालकहरुबीच आन्तरिक छलफल जारी छ । अबको फेबु्रअरीसम्म नाटकघर दर्शकका लागि पनि खोल्न मिल्ने बनाउनेमा उनीहरुको छलफल केन्द्रित छ । 

तर अहिले भने नाटकघर मञ्चानकै लागि खोल्न दबाब नदिने पनि उनले सुनाए । बाँकी यो समयमा अभिनयको स्तर खस्किन नदिँन आफूहरुले आवश्यक कार्यशाला, रिहर्सल र प्लेब्याक थिएटरको आयोजना गरेर कलाकारलाई तयार पारिरहेको उनले जानकारी दिए । 

शैली नाटकघरका निर्देशक नबराज बुढाथोकीका अनुसार सरकारी निर्णय कुर्नु बाहेक नाटकघरसँग कुनै विकल्प छैन । “आठ महिना भइसक्यो हामी सञ्चालन बिना नाटकघरको भाडा तिरिराखेका छौं । सरकारले न हिजो नाटकघरको बारेमा केही सोच्यो न अहिले यस्तो विपद्मा नै सोचिरहेको छ । मलाई लाग्छ सरकारलाई नाटकघर छ भन्ने कुरा पनि थाहा छैन होला,” उनको दुखेसो छ । 

नबराजका उनका अनुसार फागुनमा हुन लागेको बाल नाटक महोत्सवका लागि तयारी थाल्नु पर्ने समय भइसकेको छ । सरकारकै निर्णय कुरेर नाटकघर बन्द गरिरहने हो भने हो भने तयारी गर्न समय नहुने भन्दै शुक्रबारदेखि आन्तरिक रुपमा भएपनि नाटकघर खोलेर रिहर्सल सुरु गर्ने योजनामा शैली थिएटर छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro