site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भित्ताबाट क्यानभास, कागज तथा कपडामा विस्थापित मिथिला कला

काठमाडौं । मैथिल समुदाय अहिले छठमा ब्यस्त छ । चारदिनसम्म विभिन्न विधि र प्रक्रिया अवलम्बन गरि मनाइने यो पर्व विशेषगरि छोरा प्राप्तिका साथै पारिवारिक सुख र समृद्धिका लागि मनाउने गरिन्छ । सांस्कृतिक र धार्मिक रुपमा निकै महत्व राख्ने यस पर्वसँग जोडिएर आउने अर्को महत्वपूर्ण पाटो मिथिला कला पनि हो । छठ पर्व आएको संकेत स्वरुप मैथिल महिलाहरुले घरका भित्ताहरु मिथिला कलाले सजाउने गर्दछन् । 

“छठलाई हामी पेन्टिङमा दर्साउँछौं । यसरी पेन्टिङमा प्रस्तुत् गर्नुको कारण हाम्रो संस्कृतिलाई कहिले बिर्सनु हुन्न भन्ने बुझाउन हो । साथै हर्षोल्लासको यस पर्वलाई स्वागत स्वरुप पनि हो,” चित्रकार पुनम कुमारी दास प्रस्ट्याउँछिन् ।

तिहारको केही दिनपछि आउने छठ पर्वलाई भित्रायाउन मैथिल महिलाहरु तिहार अगाडि देखिनै तयारीमा व्यस्त हुन्छन् । पहिला माटोका घरहरु धेरै हुने भएकाले तिहार आएसँगै महिलाहरु आफ्नो अनि आफ्ना छरछिमेकका घरका भित्ताहरुमा सामाजिक तथा आफ्ना दैनिकीलाई कलात्मक रुपमा उतार्न व्यस्त हुन्थे । 

तर, पछिल्लो समय माटोका घरहरु सिमेन्ट तथा कंक्रिटले विस्थापित गरेसँगै भित्ताबाट मिथिला कला क्यानभास, कागज तथा कपडामा उर्तान थालिएका छन् । 

“पहिले माटोका घरहरुमा रातो माटो, सेतो माटो प्रयोग गरेर घरहरु पूरै सजाउँथ्यौं । तर, अहिले सिमेन्टका घरहरु भएसँगै माटो नभई रंगको प्रयोग हुन थालेको छ, त्यो पनि अहिले घरको भित्तामा कमै मात्रै चित्रहरु कोरिन्छन्,” पुनम थप्छिन्, “जसको फाइदा हामी जस्तो मिथिला कलालाई व्यवसायिक रुपमा अघि बढाइरहेका कलाकारहरुलाई पुगेको छ ।”

कोरोना महामारी नभएको भए सायद पुनमलगायत अन्य मिथिला कलाकारहरु क्यानभासमा यो कला उतार्ने र प्रदर्शनीहरुमा सजाउन भ्याइनभ्याई हुन्थे होलान् । तर, महामारीका कारण यो सम्भव हुन सकेन । 

पुनमका अनुसार दसैंदेखि छठसम्मको समय भनेको मिथिला चित्रकारहरुको लागि सिजन नै हो । तर, यो पटकको छठमा उनले मिथिला कलालाई क्यानभासमा उतार्न पाइनन् । यद्यपी उनले जनकपुरस्थित आफ्नो घरको भित्ता भने रंग्याएकी छिन् । 

अर्का कलाकार विजय दत्त मणि मिथिला कला बिना छठ पर्व अपूर्ण हुने बताउछन् । उनका अनुसार छठ पर्व आएको आभास मिथिला कलाले दिन्छ । यसबारे उनी भन्छन्, “दसैं अगाडि बाली भित्राउने सबै काम सकेर हाम्रा घरका दिदीबहिनीहरु तिहार आउने लागेसँगै छठको तयारीमा जुट्छन् । उनीहरु घरका भित्ताहरु रंगीविरंगी रंगहरुले रंग्याउन लागिपरिसकेका हुन्छन् ।”

पहिले संस्कृति झल्काउन मात्रै गरिने मिथिला कला अहिले नेपालको चिनारीको रुपमा व्यवसायिकतातर्फ लम्किसकेको छ । 

अहिले छठ आएको छनक मैथिल समुदायका गाँउका घरहरुमा मात्रै नभई नेपालका विभिन्न आर्ट ग्यालरीमा हुने गरेको कलाकार विजय बताउँछन् । क्यानभासका साथै पूजामा प्रयोग हुने कसार, ठेकुवालगायत माटोका घैंटाहरुमा मिथिला कलामा देख्न सकिन्छ । 

उनका अनुसार पर्वमा कोरिने भएपनि यसबेला बनाइने चित्रहरुमा धार्मिक पाटो भन्दा पनि सामाजिक, घरगृहस्थी र महिलाका कुराहरु चित्रण गरिन्छ । जस्तै सिलाईबुनाई, भान्छा, धान काटेको तथा हलो जोतेको आदि पक्ष हुन्छन् । 

उत्सवको समय भएका कारण यो बेला बनाइने पेन्टिङमा विशेषगरि रातो, सुन्लता, सेतो र हरियो रंगहरुको प्रयोग बडी मात्रामा हुने गर्छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro