काठमाडौं । गायक दीपक बज्राचार्य अहिले पोस्ट–कोभिड लाइफ बाँचिरहेका छन् । कहिले पूरै जीउभरी काँडा उम्रिनेगरि चिसो हुन्छ भने त्यसै समय शरीर स्वास्थ्य भएको जस्तो अनुभव हुन्छ त कहिले शरीर पूरै काँडाले घोचेको जस्तो दुख्छ । छिनछिनमा रुप फेर्ने कमजोर शरीर लिएर उनी तिहारको झिलिमिलीमा रमाउने प्रयास गरिरहेका छन् ।
हरेक नेपालीको घरघरमा उमंग ल्याउने दशैंमा कोरोनाका कारण थला परेका दीपक लगायत उनको परिवार र रिदम ब्यान्डका चार सदस्यहरु तिहार मनाउन उत्साहित छन् ।
दीपकको भाषामा भन्दा जीवन र परिवारको महत्वलाई अझै धेरै बुझेर भोलीको अनिश्चिततालाई भुलेर वर्तमानमा रमाउने जोश छ उनमा । कोरोना महामारी द्रुत गतिमा फैलिएर देश पूरै लकडाउनमा गएको बेला उनी आफ्नो ब्यान्डसहित जनचेतना फैलाउनमै तल्लिन थिए ।
कोरोनाका कारण अष्टे«लियाको सांगीतिक यात्रा सकाउन नपाँउदै चैतको अन्तिम साता उनीहरु नेपाल फर्किए । नेपाल आएर ‘रिदम ब्यान्ड’का सदस्यहरु आ–आफ्नो घर नगई १४ दिनको क्वारिन्टिनमा बसे ।
उनीहरु यतिमा मात्रै सीमीत भएनन् । कोरोनाबाट बच्न सबैजना घरघरमै थुनिएर बसिरहेका बेला दीपक आफ्नी छोरी चेरिसा र बाँकी ब्यान्ड सदस्यसहित यूनिसेफको सहकार्यमा घरबाहिर निस्किएर जनचेतनामुलक गीत निर्माणमा व्यस्त भए । कहिले क्वरिन्टिनबाटै फेसबुक लाइभ आएर महामारीले पैदा गरेको मानसिक तनाव कम गर्न सांगीतिक कार्यक्रमलाई निरन्तरता दिन थाले ।
करिब ६ महिनाको लकडाउनपछि नेपाल सरकारले विस्तारै यसलाई खुकुलो बनाउँदै गयो र नेपालीहरुको महान चाड दशैंको मुखसम्म आउँदा लकडाउन पूर्ण रुपमा हटिसकेको थियो ।
लामो समयको उकुसमुकुसबाट बाहिर आउने दशैं राम्रो बहाना बनेको थियो सम्भव त नेपालीलाई । भलै कोरोना संक्रमण झा फैलिरहेको थियो । गायक बज्राचार्यको हकमा पनि त्यस्तै भयो । दशैंको माहोलले छपक्कै छोपेपछि उनी साथीभाई भेटघाट र किनमेलमा हिँडन थाले ।
जसले गर्दा लामो समयदेखि अपनाएको सावधानी केही सानो हेलचेक्र्यार्ईंका कारण उनी कोरोनाको चपेटामा परे ।
असोज २९ गते ज्वरो आयो । भोलिपल्ट ज्वरो कम नभई झनै बढेपछि आफूलाई पनि कोरोना संक्रमण भएको भन्ने आंशका गरे उनले । परीक्षण गराएको भोलीपल्ट रिर्पोट आयो । आशंका सही भयो । साथीभाइहरु चिनेकाहरुलाई पनि केहीदिन ज्वरो आएर सजिलै निको भएको कोरोनाबाट उनी डराएनन् । केही दिनपछि सामान्य रुपमा निको हुन्छ भन्ने विश्वास थियो ।
तर, साधारण मौसमी ज्वरो र रुघाखोकी जस्तो होला भन्ने सोचेको कोरोनाले उनलाई केही दिनभित्रै निकै सकस पार्यो । बिस्तारै खोकी लाग्न र श्वासप्रश्वासमा समस्या देखिएपछि डाक्टरको सल्लाहमा उनले सिटिस्क्यान गराए । सिटिस्क्यान रिर्पोटमा उनलाई निमोनिया भएको पुष्टि भयो ।
निमोनिया पनि भएको थाहा पाएपछि बज्राचार्य शारीरिक र मानसिक दुबै तवरमा कमजोर हुन थाले । अरुलाई आत्मबल दिँदै गरेका उनको आफ्नै आत्मबल भने कमजोर भयो ।
परिवारमा उनीसहित छोरी, श्रीमती, घरमा कामगर्ने दिदी र ब्यान्डका चारजना सदस्यसहित आठजनाको रिर्पोट पोजेटिभ आएको थियो । त्यसैले उनीहरु आवश्यक सावधानी अपनाएर होम–आइसोलेसनमानै बसे ।
होम आइसोलेनको त्यो सकस
निमोनियाले छोएको कारण अरुलाई भन्दा उनलाई अझै गाह्रो भएको थियो । उनमा कोरोनाको संक्रमण निकै धेरै थियो । अर्थात सजिलै अरुमा सर्ने भाइस सक्रिय थियो । चार हप्ताको आइसोलसनमा उनको अक्सिजन लेबल पनि चारपाँच पटक नै ९० भन्दा कम थियो । जुन चिकित्सकीय भाषामा खतराको संकेत हो ।
तर, डाक्टरहरुको निरन्तर निगरानीका कारण त्यस्तो अवस्थामा पनि उनी आत्तिएनन् र सल्लाह अनुरुप विस्तारै स्वास्प्रश्वास लिने फ्याक्ने र कोठाभित्रै केही हिँड्डुल गरे । धेरै जना सदस्यमा कोरोना देखिएको हुनाले आफू एक्लै अस्पताल जान उचित नठानेर घरमै अक्सिजनदेखि सबै कुराको व्यवस्था गरेर छोरी, श्रीमती, घरको कामगर्ने दिदी र ब्यान्डका चारमध्ये दुई सदस्य दीपककै घरमा होम–आइसोलेसनमा बसे । तर, उनीहरु कसैलाई पनि अक्सिजनको खाँचो भएन ।
तर, दीपक अन्य संक्रमितहरुलाई भने सकेसम्म अस्पतालको आइसोलेसनमा नै बसेर उपचार गराउन सल्लाह दिन्छन् ।
“यस्तो बेला आत्तिनु नहुने रहेछ । धेरैले मलाई गालि पनि गर्नुभयो यस्तो अवस्थामा पनि जोखिम मोलेर होम–आइसोलेसनमा बसेको भनेर । तर, अहिले त सामान्य निमोनिया हुँदा पनि अस्पतालमै बस्नुपर्छ भन्ने नियम आएको छ जुन एकदमै राम्रो पनि हो । किनभने होम–आइसोलेसनमा बसेर धेरैले ज्यान गुमाउनु पर्यो,” दीपक भन्छन् ।
यस्तो बेला शरीरलाई सीथील नबनाउन सकेसम्म थोरै भएपनि शारीरिक व्यायाम गर्न चिकित्सकहरुले सल्लाह दिए तर व्यायामको त कुरै छोडौं दीपकलाई हिँडडुल गर्न पनि सकस भएको थियो । तर, बसेरै भएपनि स्वासप्रस्वाको व्यायाम भने नियमित रुपमा गरे ।
१२ दिन लगातार १०२, २०३ डिग्री ज्वरो र साथै श्वासप्रश्पवासमा आएको समस्या र पूरै शरीर छुनै नहुने गरि भएको असह्य पीडाका कारण उनी शारीरिक र मानसिक दुबै तवरमा कमजोर भएका थिए ।
उनले आइसोलेसनका दिनहरु कहिले भाइरसबाट आफ्नो शरिर मुक्त हुन्छ भन्दै गन्दै बिताए ।
“डाक्टरहरुले ९ दिनसम्म अत्यन्तै गाह्रो हुने र खतरानाक समय हो भन्नु भएको थियो । त्यसपछि भने ज्वरो पनि कम हुँदै जान्छ अनि शरीरमा पीडा पनि कम हुन्छ भन्नु भएको थियो । त्यसैले हामी सबैजना त्यो ९, १० दिन कहिले बित्ला भन्दै दिन गन्दै बस्नुको विकल्प थिएन,” उनी थप्छन् , “हामीलाई अरु बेला लाग्ने ज्वरो र निमोनिया जस्तो होइन रहेछ । केही दिन लागेर निको भइहाल्ने । यति पीडा हुन्छ त्यो बस भोग्नेलाई मात्रै थाहा हुन्छ ।”
गन्ध र स्वाद बिनाको खाना रुच्ने कुरै भएन । तर, पनि उनले खानेकुरामा भने हेलचेक्र्याँई गरेनन् । यति हुँदाहुँदै पनि उनको शरीरको तौलमा ४ केजी घट्यो । अहिले पनि उनी निकै कमजोर महसुस गरिरहेका छन् ।
घरको एउटा कोठामा आँफू, अर्को कोठामा श्रीमती, अर्कोमा छोरी र सबैजना थला परेर कमजोर भएको देखेर उनी अझै डराउँछन् ।
“मान्छे जतिसुकै सुपरहिरो, मिलिनियर बिलिनियर भएपनि असहाय महसुस हुँदो रहेछ । जिन्दगी कति छोटो छ भन्ने महसुस यो कोरोना संक्रमणले गरायो । यो संक्रमणले मलाई मेरो ज्यानको र परिवारको महत्व पनि निकै महसुस गरायो,” उनले संक्रमणले दिएको पाठ सुनाए ।
आफ्नै मान्छेले पनि नजिक आएर आफूलाई स्याहार गर्न नमिलेका कारण पनि यो संक्रमणले आफूलाई एक्लो बनाउने भएकोले धेरै हतास र निरास महसुस गराउने अनुभूति दीपकले गरे ।