काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भी२० नेपाली बजारमा उपलब्ध गराएको छ । भी२० मा रहेको ४४ एम्पिएर आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागि अटोफोकस क्षमताहरुका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको जनाएको छ ।
नयाँ भी२० स्लिम र लाइटवेट रहेको जनाइएको छ । र ७.३८ एमएम अल्ट्रा सिल्क एजी ग्लास रहेको छ । जसले युवा प्रयोगकर्ताहरुको दु्रतगति जीवनशैलीलाई सहजता दिलाउने कम्पनीको भनाई छ । यो स्मार्टफोनमा ६४ एपी क्यामेराको साथमा सुपर नाइट मोड रहेको छ ।
भिभो नेपालले भनेको छ, “भिभो सधैं परिवर्तन हुने समय र ग्राहकहरुको व्यवहार, आवश्यकता र प्राथमिकताहरुको साथमा विकसित हुने कुरामा विश्वास गर्दछ ।
हामी सेल्फीक्रेज, फोटोग्राफीचलन र रचनात्मकमस्तिष्कहरुको आवश्यकताहरु बुझ्छौं । भी २०कोे साथमा, भिभो आफ्नो उत्कृष्ट नयाँविशेषता र डिजाईनहरुबाट प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन र नयाँपन ल्याउन तयार रहेको छ । भी२० मा अटोफोकस क्यामेरा क्षमताहरुको साथ अल्ट्रा–स्लिक र आर्कषक डिजाईन रहेको छ ।”
यस्तै ड्युअल भिउ भिडियो, ४के सेल्फी भिडियो, मल्टी–स्टाइल पोट्रेट र एआर स्टिकरर्स मोसन अटोफोकसलगायतका विशेषता रहेको जनाइएको छ ।
भी२० अक्टोबर १८ दखि ४७ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।