site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाड आयो, भगवान् सिँगारिँदै ! (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । ललितपुरको सानेपामा दसैंका लागि भगवतीलगायत अन्य देवीदेवताको मूर्ति बनाउन कलाकार (मूर्तिकार) अहिले निकै व्यस्त छन् । चाडबाड आगमनसँगै उनीहरुको व्यस्तता पनि ह्‍वात्तै बढ्ने गर्छ ।

विश्‍वकर्मा पूजा, दसैं, तिहारजस्ता पर्वमा भारतबाट पूर्ण पण्डितको परिवारै नेपाल आउने गर्छ । यो उनको सिजनको समय पनि हो । यो सिजनमा उनले माटोबाट विभिन्‍न देवीदेवताका सुन्दर मूर्ति बनाउँछन् र बेच्छन् । यसैको कमाइबाट उनको परिवारले वर्षदिनको खर्चपर्च चलाउँछ । 

पूर्णले थप पाँच मूर्तिकारलाई ज्यालादारीकै रुपमा भारतबाट सँगै ल्याएका छन् । अघिल्ला वर्षमा माटाका मूर्तिको माग निकै हुने गरे पनि अहिले कोरोना कहरकै कारण बिक्री र माग घटेको पूर्ण बताउँछन् । 

KFC Island Ad
NIC Asia

माग घटेसँगै केही मूर्तिकारलाई उनले घर (भारत) पठाइसकेका छन् । उनले बनाएका मूर्ति सिँगार्नका लागि उनका दुई छोरा र पत्‍नीले पनि साथ दिने गर्छन् । ‘‘मिहिनेतअनुसार मैले एउटा मूर्तिको १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म लिने गरेको छु,’’ पूर्णले बाह्रखरीलाई सुनाए । हेरौं थप तस्बिरहरु :

No description available.

Royal Enfield Island Ad

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro