विशेष
काठमाडौं । सत्याग्राही डा. गोविन्द केसीको माग पूरा गर्न दबाबसहित आज चिकित्सकहरुले पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन् । महाराजजन्जस्थित शिक्षण अस्पतालको बाहिर सडकमा चिकित्सकहरुले एप्रोनसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारी चिकित्सकहरुले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए । आज डा. केसीले अनशन सुरु गरेको २२औं दिन पुगेको छ । उनका मागमा सरकारले हालसम्म चासो देखाएको छैन ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अनशनरत डा. केसीको स्वास्थ्य अवस्था दिनानुदिन जटिल बन्दै गएको छ । हेरौं प्रदर्शनमा सहभागी चिकित्सकहरुका थप तस्बिर :
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७ १५:०९
प्रतिक्रिया दिनुहोस्