site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

चीनबाट सामान आयात गर्ने नाकाहरू लामो समयदेखि राम्ररी सञ्चालन भएका छैनन् । कोदारी नाका  प्राकृतिक जोखिमको कारण देखाएर बन्दै गरिएको छ भने अर्को मूल नाका रसुवागढी पनि राम्ररी खोलिएको  छैन । सामान बोकेका कन्टेनर ट्रकहरू नाकामा महिनौ रोकिँदा ठूलै नोक्सानी भएको  गुनासो नेपाली व्यवसायीले गरेका छन् । स्थलमार्गबाट समयमा सामान ढुवानी गर्न नसकिने डरले कतिपय व्यापारीले नाकाबाट ट्रक फर्काएर  समुद्री मार्गबाट सामान आयात गर्न लागेको पनि समाचार आएको छ । नाकामा कुनै समस्या नभएको भन्ने नेपाल सरकारका प्रवक्ताको दाबीले मात्र चीनबाट सामान आयातमा रहेको समस्या समाधान  हुने देखिँदै । अहिले चिनियाँ पक्षले देखाएको व्यवहारमा भारतीय नाकाबन्दीकै झल्को आउँछ । चीनले पनि त्यही अस्त्र त प्रयाेग नगर्ला कि?

अहिले चीन र नेपालबीच सीमा वा अरू विषयमा विवाद भएको सतहमा देखिएको छैन । तर, चिनियाँ सामान नेपाल भित्रिने नाकाहरूमा भएको व्यवहारलाई भने सद्भावपूर्ण र न्यानो सम्बन्धको परिचायक मान्न कठिन हुन्छ । यसैले कतै न कतै समस्या रहेको तर नेपाल सरकारले त्यसको सम्बोधन गर्नुको साटो आलटाल गरिरहेको अनुमान सहजै गर्न सकिन्छ । चिनियाँ पक्षले कोभिड—१९ को संक्रमण नियन्त्रणका लागि नाकामा आवागमन कडा गरेको बताएका छन् । परन्तु, चिनियाँ पक्षले त्यत्तिका लागि नेपाली व्यापारीलाई यति धेरै सास्ती कटायो होला भन्ने सजिलै पत्यार लाग्दैन । चिनियाँ पक्षले चाहेको भए कोभिड—१९ को परीक्षणको व्यवस्था गरेर पनि नाकाबाट सामान ढुवानी सहज बनाउने थियो । बीआरआई वा एमसीसीजस्ता ठूला विषयदेखि हाल सीमा सम्बन्धमा भइरहेका फाटफुट विरोधसमेत  यस असन्तुष्टिका कारण हुनसक्छन् । 

अहिलेको व्यवहार हेर्दा लाग्छ चिनियाँ पक्ष कुनै न कुनै विषयमा नेपालसँग असन्तुष्ट छ । त्यही असन्तुष्टि चीनले नाकामा अप्ठेरो गरेर प्रकट गरेको हुनसक्छ । नेपालको ठूलो व्यापार अहिले तातोपानी र केरुङ नाकाबाट हुने गरेको छ । चिनियाँ सामान आयात गरेर बेच्नेहरू यी दुई नाकामा आश्रित छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघ नामक संस्थाका अनुसार चिनियाँ बजारमा आश्रित व्यवसायीको संख्या नै करिब २० हजार छ । यसैले यी नाका थनिदा सिंहदरबारमाथि पनि दबाब पर्न सक्छ । कूटनीतिकमात्र नभएर सत्तारुढ दलसँग राजनीतिक सम्बन्धसमेत भएको चीनको व्यवहार अपेक्षाकृत ‘न्यानो’ नभएको संकेत त कोभिड—१९ को रोकथाम र नियन्त्रणमा चिनियाँ सहयोग अत्यन्त न्यून भएकाले पनि देखाएको छ । यसैले सरकारले समस्याको ढाकछोप गर्नुको साटो चिनियाँ असन्तुष्टिको कारण खोजेर संवादका माध्यमबाट सम्बोधन गर्ने प्रयास तत्काल गर्नु बुद्धिमानी हुनेछ । स्थलमार्ग यसरी नै सुस्त र अनिश्चित रहने हो भने नेपाली व्यापारीलाई पनि सरकारले स्पष्ट जानकारी दिनुपर्छ । नेपाली व्यापारीलाई  नोस्कान हुँदा राज्यकै हानि हुन्छ । चिनियाँ पक्षले ख्यालख्यालमै दिएको जनाउलाई गम्भीरतापूर्वक लिइयोस् ।    
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro