site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे दुई वर्षपछि गण्डकी प्रदेशसभामा सचिव
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । गण्डकी प्रदेशसभाको सचिवमा हरिराज पोखरेल नियुक्त भएका छन् । प्रदेशसभा स्थापनाको साढे दुई वर्षपछि सचिवालयको सचिवमा कास्कीका पोखरेल नियुक्त भएका हुन् । 

पोखरा २१ का पोखरेललाई सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा नियमावलीको दफा २६ अनुसार शपथ ग्रहण गराएका हुन् । संविधानको धारा १९५ (१) मा सभामुखको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त गर्ने र नियुक्त भइसकेपछि सभामुखले शपथ ग्रहण गराउने व्यवस्था छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १९ गते प्रदेशसभाको सचिवमा नियुक्त गरेका थिए ।

एमए र कानुनमा बीएल गरेका पोखरेल २७ वर्षदेखि वकालत पेसामा आबद्ध छन् । २०६६ देखि पोखरास्थित छोरेपाटन उच्च माध्यमिक विद्यालयमा उनले अस्थायी रुपमा समाजशास्त्रको अध्यापन समेत गर्दै आएका छन् ।

KFC Island Ad
NIC Asia

प्रदेशसभा सचिव नियुक्त गर्ने ऐन गत साउन ४ गतेको प्रदेशसभा बैठकले पारित गरेको हो । प्रदेशसभामा सबैभन्दा लामो समय २ वर्षसम्म रोकिएको यो विधेयक पारित भएको डेढ महिनापछि सभामुखले सचिवलाई शपथ ग्रहण गराएका हुन् ।

विधेयकको दफा ८ ले सचिवको योग्यताको व्यवस्था गरेको छ । जसमा नेपाली नागरिक, स्नातक तहको शैक्षिक योग्यता, १० वर्षको अनुभव, राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र, कानुन बमोजिम कालोसूचीमा नपरेको, पीआरको आवेदन नदिएको वा नलिएको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपार, लागुऔषध बिक्रीवितरण तथा ओसारपसार, सम्पत्ति शुद्धिकरण, राहदानी दुरुपयोग अपहरण, नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको व्यक्ति सचिव हुन पाउने व्यवस्था छ ।

नवनियुक्त प्रदेशसभा सचिव पोखरेलले भने, “मैले महत्वपूर्ण जिम्मेवारी पाएको छु । मेरो प्रमुख कर्तव्य प्रदेशसभाको गरिमा आउने गरी कानुनसम्मत काम गर्नेछु ।”

सचिवले प्रशासकीय कार्यको अलावा प्रदेशसभाको बजेट, योजना, कार्यक्रम, आर्थिक प्रशासन, सचिवालयको सञ्चालन व्यवस्थापन, भौतिक निर्माण लगायतका कार्यहरु गर्नुपर्ने हुन्छ । प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ११ अनुसार उनले प्रदेशको प्रमुख सचिव सरहको सुविधा पाउँछन् ।

प्रदेशसभामा पहिलोपटक नियुक्त भएका सचिव पोखरेलको कार्यकाल पाँच वर्षको हुनेछ । र, दोश्रो कार्यकाल पनि नियुक्त गर्न सकिने व्यवस्था ऐनमा छ । संसदको सचिव हुन ४५ वर्ष पुगी ६० वर्ष ननाघेको हुनुपर्छ । तर, उनले आफ्नो उमेर भने खुलाएनन् ।

“मेरो उमेर त यो पहिलो कार्यकाल भ्याउँछ, उमेर भन्‍नु भन्दा पनि । म मेरो कार्यकाल भ्याउँछु, कानुनले पाँच वर्ष भन्छ, बीचमा के हुन्छ थाहा छैन,” उनले भने ।

पूर्व माओवादी निकट पोखरेलको सभामुख नेत्रनाथ अधिकारीसँगको पुरानै चिनजान हो । पूर्व माओवादी नेतृत्वसँग निकट पोखरेल माओवादी निकटै बुद्धिजीवी संगठनमा समेत आबद्ध थिए । उनी कांग्रेस छोडेर तत्कालीन माओवादीसँग नजिकिएका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro