site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२०३० को एसियाडको दाबी गर्दै कतारले गर्‍यो लोगो र नारा सार्वजनिक
SkywellSkywell

काठमाडौं । सन् २०३० को एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने पाउनुपर्ने दाबी गर्दै कतारले खेलको आधिकारिक लोगो र नारा सार्वजनिक गरेको छ ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजना गर्ने तयारी गरिरहेको कतारले २०३० को २१ औं एसियाली खेलकुद राजधानी दोहामा गर्ने दाबी यसअघि नै गरिसकेको थियो । 

KFC Island Ad
NIC Asia

अहिले दोहा २०३० आयोजक सहरको दाबी कमिटीले त्यसको लोगो र नाराको अनावरण समेत गरेको छ । कतार ओलम्पिक कमिटीका अध्यक्ष तथा दोहा २०३० एसियन गेम्स बिडिङ कमिटीका प्रमुख शेख जोन बिन हमाद बिन खालिफाले कतारी खेलाडी र समितिका प्रतिनिधिहरुसँगै भर्चुअलरुपमा आधिकारिक लोगो र नारा सार्वजनिक गरेका हुन् । 

एसियाली खेलकुदको नारा ‘योर गेट वे’ राखिएको छ । लोगोले भने कतारको परम्परा, आधुनिकताको संयोजन र एसियाको स्थायी विरासतको साथ जादुयी खेलहरूको आयोजना गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको जनाइएको छ । 

Royal Enfield Island Ad

कतारले पछिल्लो १५ वर्षमा विश्वका ठूला खेल प्रतियोगिताहरुको सफल आयोजना गरिसकेको छ । यसअघि दोहाले सन् २००६ मा १५ औं संस्करणको एसियाली खेलकुदको आयोजना गरेको थियो ।

त्यसयता कतारमा एथलेटिक्स, ह्यान्डबल, जिम्न्यास्टिक्स जस्ता विश्व च्याम्पियनसिपको आयोजना भइसकेको छ । गतवर्ष आइएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिपको आयोजना गरेको कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्दैछ । 

दाबेदार आयोजकका प्रमुख कार्यकारी अधिकृत तथा कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अल ब्युनेनले भने, “हामीसँग विश्वस्तरको खेल पूर्वाधार तयार छ । हामीलाई विश्वास छ, एसियाली ओलम्पिक कमिटीका सदस्यहरुलाई  तयार भएका खेल पूर्वाधारबाट प्रभावित हुनेछन् । फेरि हामीले विश्वस्तरीय प्रतियोगिताको आयोजना गरेर सफल आयोजकको उदाहरण पेश गर्दै आएका छौं ।”

दोहाका साथै साउदी अरेबिले पनि एसियाली खेलकुद २०३० को आयोजनाको दाबी गरेको छ । अब ओलम्पिक काउन्सिल अफ एसिया ओसिएको नोभेम्बर ३० मा बस्‍ने साधारण सभाले आयोजक राष्ट्र छनोट गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro