site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपहरणमा परेका २३ वर्षीय युवकको ७२ घण्टापछि उद्धार, वडा सदस्यसहित ३ जना पक्राउ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा कास्की प्रहरीले वडा सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-२३ का वडा सदस्य भरतराज भण्डारीसहित कास्की प्रहरीले निलगिरी नेशनल जोइन्ट भेन्चरका सञ्चालक वसन्त लामा र लामाको कम्पनीको निर्माणकार्यमा सुपरभाइजर रहेका टिकाराम भण्डारीलाई पक्राउ गरेको हो । 
उनीहरुविरुद्ध अपहरणको मुद्दा परेको छ ।

उनीहरुले पोखरा २३ कै स्थानीय माधव सापकोटालाई सोही ठाउँमा रहेको खहरेखोलाको निर्माणाधीन पुलबाट कुटपिट गरी नियन्त्रण लिएर अपहरण गरेका थिए । सापकोटा चालक समेत हुन् । खहरेखोलाको पुल लामाकै कम्पनीले निर्माण गरिरहेको छ ।

श्रीमतीसँगको खटपटले अपहरण 

KFC Island Ad
NIC Asia

प्रारम्भिक बयान अनुसार ठेकेदार लामा र उनको श्रीमतीको सम्बन्धको खटपट नै अपहरणसम्म पुगेको प्रहरीले जनाएको छ । “ठेकेदार लामा र उनकी श्रीमतीबिच झगडा हुने गरेको थियो । झगडाकै कारण उनकी श्रीमती घर छाडेर हिँडिन । घर छाडेर हिँडेपछि उनकी श्रीमतीलाई माधव सापकोटाले घर लिएर गए । सोही विषयमा शंका गरेको हो कि ?,” प्रारम्भिक बयानमा लामालाई उद्धृत गर्दै कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

लामा काठमाडौंका हुन् । गुण्डागर्दीमा उत्रिने स्वभावका लामाले स्थानीय जनप्रतिनिधीसँग पनि राम्रै उठबसको सम्बन्ध छ । ड्राइभरले श्रीमती लिएर गएपछि उनले जनप्रतिनिधी भरतराज भण्डारी र पुल निर्माणको कार्य हेर्ने सुपरभाइजर टिकाराम भण्डारीसँगै भएर सापकोटालाई पुलमा बोलाए ।

सापकोटा आएपछि उनको मोबाइल खोसे । कुटपिट गरे र बा १४ च ८२७९ नम्बरको कारमा राखेर लामाले आफ्नै फ्ल्याटमा लगी थुनेर राखे । भदौ ८ गते दिनको साढे २ बजेको घटना कास्की प्रहरीले बिहिबार थाहा पायो । र, सापकोटालाई यथास्थानबाटै उद्धार गर्‍यो ।

प्रवक्ता हमालका अनुसार वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले सापकोटालाई ७२ घण्टापछि उद्धार गरेको हो । 

तीनजनासहित बा १४ च ८२७९ नम्बरको सेतो रंगको क्रेटा गाडीसमेत बरामद गरेको छ । 

उनीहरुमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर र संगठित अपराध मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro