site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाभन्दा समाजको डर, छिमेकीले बाधा नदिने ठाउँमा आइसोलेसन खोज्दै महानगर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । कास्कीमा सुरुवाती चरणमा भेटिएका कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई लेकसाइडका होटलमा क्वारेन्टिनको व्यवस्था गरिएको थियो ।  संक्रमितको उपचारमा खटिएर क्वारेन्टिनमा गएका ती स्वास्थ्यकर्मीलाई त्यहाँका स्थानीयले संक्रमण फैलिने डरमा विरोध र अवरोध गरे ।  कास्कीमा गत जेठ २५ गते कोरोनाबाट संक्रमित बिरामीको निधन भयो । ती व्यक्ति स्याङजाका थिए । उनको शव व्यवस्थापन गर्न प्रशासनलाई हम्मेहम्मे पर्यो । 

मृत शरीर डुलाएर अन्तिममा शव व्यवस्थापन त भयो त्यो पनि प्रहरीको हवाई फायर र धरपकड पछि । कोरोना संक्रमितदेखि लिएर उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुमाथि समेत पछिल्ला समय सामाजिक दुर्व्यवहार भएका छन् ।  सामूहिकरुपमा नै मानसिक तनाव दिने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । संक्रमित भइसकेपछि समाजले गर्ने दुर्व्यवहारलाई सम्झेर नै आइसोलेसनमा रहेका एक स्वास्थ्यकर्मीले आत्महत्या प्रयाससमेत गरेको घटना कास्कीमा नै घटेको छ ।

पछिल्ला दिनमा शव व्यवस्थापनमा स्थानीय अवरोध नभएता पनि संक्रमितलाई समाजले अप्रत्यक्ष रुपमा मानसिक तनाव बढाउने काम भने रोकिएको छैन । यता, पछिल्लोसाता भने दैनिक औषतमा दर्जनबढी संक्रमित फेला परिरहेका छन् ।  पोखरामा रहेका दुवै डेडिकेटेड अस्पताल संक्रमितले भरिएका छन् । 
महानगरको स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माका अनुसार भदौ ७ गतेसम्मको रिपोर्टअनुसार महानगरका ३३ मध्ये ३१ वडामा कोरोना संक्रमण फैलिएको छ । 

KFC Island Ad
NIC Asia

वडा नं. २० र २४ बाहेकका अन्य सबै वडामा गरेर २६४ जना कोरोना संक्रमित महानगरभित्रै छन् ।  यहाँ बैंकदेखि सरकारी कार्यालय, बजारसम्मका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमण घटाउनको लागि मानिसहरुको गतिविधि हुन नदिन भनेर कास्की  जिल्लामा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । 
यही बन्द समयमा नै संक्रमितहरुको व्यवस्थापनको उपाय खोज्ने भनेर महानगरपालिकाले निषेधाज्ञा समयलाई तेस्रो फेजको संक्रमण व्यवस्थापन गर्ने समय भनेको छ ।

उसो त भदौ १६ गतेदेखि  अन्तर्राष्ट्रिय उडान पनि खुल्ने र थप मानिसहरु पनि आउने, निषेधाज्ञा खुलेपछि मानिसहरुको चहलपहल बढ्ने र संक्रमण फैलिन सक्ने भन्दै महानगरले केही दिनभित्रै नयाँ मोडालिटी सार्वजनिक गर्नेबारेमा छलफल भएको महानगरका मेयर मानबहादुर जिसीले बताएका छन् । यसबाहेक आइसोलेसन बेड बढाउनेतर्फ पनि महानगर लागेको छ । सय बेडको आइसोलेसन थप्ने र संक्रमितको व्यवस्थापन गर्नको लागि महानगरले सोमबार सार्वजनिक सूचना पनि निकालेको छ ।

महानगरभित्रका संक्रमितहरुलाई राख्ने आइसोलेसन सेन्टरको आवश्यक भएकाले इच्छुक संस्थाहरुबाट उक्त प्रयोजनको लागि उपलब्ध गराउन सक्ने अस्पताल, होटेल, पार्टी प्यालेस वा अन्य भवन सशुल्क वा निःशुल्क उपलब्ध गराउन भन्दै महानगरले सार्वजनिक सूचना जारी गरेको हो । तर, सूचनाअनुसार इच्छुकहरुले प्रस्ताव पेश गर्दा उक्त भवनमा छरछिमेकीले बाधा हाल्न नहुने शर्त राखिएको छ ।

“छरछिमेकबाट बाधा विरोध नहुने सुनिश्चितता हुनुपर्नेछ,” सूचनामा भनिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालका अनुसार, “सम्झौता गर्ने र कार्यान्वयन गर्न नसक्ने स्थिति पनि हुन सक्छ । सम्झौता भएपछि उसले कार्यान्वयन त गर्नुपर्यो नि । घना बस्तीको बीचमा हुँदा समस्या हुन्छ, पब्लिकले पनि मान्दैनन् । प्रस्ताव हाल्नेले पनि बुझोस् भनेर यो शर्त राखिएको हो ।”  सूचनाको शर्तमा शौचालय, स्नानगृह, खुला ठाउँ, कम्पाउन्ड, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीको लागि छुट्टै भवन हुनुपर्ने शर्तमा खुलाइएको छ । 

तीनदिने म्यादसहित जारी भएको सूचनाअनुसार प्रस्तावकर्ताले कोठा संख्या, भवनको क्षेत्रफल, प्रति बेड खानासहितको मूल्य पेश गर्नुपर्ने हुन्छ । प्रस्ताव पेश गर्नेले निशुल्क दिएमा महानगरपालिकाले खानाको खर्चमात्र बेहोर्ने, अन्यथा सशुल्क प्रस्ताव आएमा त्यसबारेमा थप प्रक्रिया अगाडि बढ्ने बरालले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro