site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साउनमा ६ अर्ब ६२ करोडको अन्न, ३ अर्ब २४ करोडको तरकारी र फलफूल आयात
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ जोखिम कम गर्न सरकारले गरेको लकडाउनका कारण अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कोभिड जोखिमका कारण घटेको उद्योगहरुको क्षमता उपयोग, आन्तरिक उत्पादनमा देखिएको गिरावट तथा बजार अभावको प्रत्यक्ष नतीजा वैदेशिक व्यापारको तथ्यांकमा देखिएको हो ।

नेपालको वैदेशिक व्यापार निरन्तर घट्ने क्रमले पहिलो महिनादेखि नै निरन्तरता पाउँदा आर्थिक वर्ष २०७७–७८ को साउनको वैदेशिक व्यापार तथ्यांकमा अन्नजन्य सामग्री, घ्यु–तेल, तरकारी तथा फलफूलको आयात अस्वभाविक रुपले बढेको देखिन्छ । स्वदेशी उत्पादन घट्दा यहाँको माग धान्न विदेशबाट अत्यावश्यक खाद्य वस्तु आयात गर्नुपरेको यथार्थ भन्सार विभागको तथ्यांकले देखाउँछ ।

जसको एउटा उदाहरण हो, चामलको आयात । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा दोब्बर चामल आयात भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

२०७६ साउनमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रशोधित चामलको आयात भएकामा २०७७ साउनमा बढेर २ अर्ब ६६ करोड रुपैयाँको आायत भएको छ । धानसमेत जोड्दा आयात आकार १ अर्ब ६४ करोड रुपैयाँबाट ३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी चामललगायत अन्य अन्नजन्य सामाग्रीको आयात पनि करिब दोब्बर बनेको भन्सारको तथ्यांकले देखिउँछ । साउनमा भएको यस्तो आयात एक वर्षमा ३ अर्ब ३९ करोडबाट बढेर ६ अर्ब ६२ करोड रुपैयाँ बराबरको पुगेको छ ।

Global Ime bank

यसैगरी घ्युतेलको आायत पनि बढेको छ । गत आवको पहिलो महिनामा ३ अर्ब ५५ करोड रुपैयाँको घ्युतेल आयात भएकामा चालू आवमा ४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । तरकारी र फलफूलको आयात पनि २ अर्ब ५३ करोड रुपैयाँ बराबरबाट बढेर ३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार लकडाउन अवधीमा उद्योगहरुको क्षमता उपयोग आधा बनेको थियो । यसैगरी स्वदेशी तरकारीको तथा फलफूलको पनि उत्पादन घट्दा तथा मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा विदेशी (भारतीय र चिनीँया) तरकारी तथा फलफूलले बजार ओगट्न थालेका छन् । 

लकडाउनले धराशायी बन्दै उद्योग, क्षमताको आधामात्र सञ्चालन

अत्यावश्यक खाद्य वस्तुको आयात घट्दा जैविक इन्धनको आयात भने आधा भएको छ । भन्सार विभागको तथ्यांकले गत साउनमा ८ अर्ब ८४ करोड रुपैयाँको मात्र जैविक इन्धन आयात भएको छ । गत वर्ष साउनमा १६ अर्ब २० करोड रुपैयाँको आयात भएको थियो । सडकमा सवारी कम चल्नुको साथै नेपाल आयल निगमको भण्डारण कक्षमा इन्धन ‘फुल’ हुँदा इन्धनको आयात घटेको हो ।

पहिलो महिनामा विद्युतीय सामाग्री, फलाम तथा स्टिलजन्य सामाग्री, मेसिनरी औजार, सवारी साधन, प्लास्टिकजन्य सामाग्री र ओषधीको आयात भने घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement