site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दैनिक चार/पाँच हजार लाइसेन्स प्रिन्ट : मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधर तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले विभिन्न समस्या समाधान गरेर नागढुंगा–सिस्नेखोला सुरुङमार्ग छिचोलिएको (ब्रेक थ्रु) बताएका छन् । सिद्धबाबा सुरुङमार्गमा पनि समस्या रहेको र त्यो समाधान गरिएको उनले उल्लेख गरे ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बिहीबारको बैठकमा उनले करिब एक महिनायता दैनिक चार/पाँच हजारको संख्यामा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट भइरहेको पनि जानकारी गराए । ‘पेन्डिङ’ सबै लाइसेन्स छाप्न १२/१३ महिना लाग्ने उनको भनाइ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले मध्यपहाडी, हुलाकीलगायत राजमार्ग र सडकखण्ड निर्माणको काम सुस्त भएको स्वीकार गरे । हुलाकी राजमार्ग निर्माणको काम गरिरहेको कम्पनीलाई आउँदो असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिइएको उनले बताए ।

बुटवल–नारायणगढ सडकखण्डको सम्झौता आफ्नै पालामा भएको उनले उल्लेख गरे । त्यहाँ हालसम्म ५० प्रतिशत काम भएको र अब असार मसान्तसम्म हेर्ने उनको भनाइ छ । उनले यो सडकखण्ड विमान अवतरण गर्न सकिने किसिमले डिजाइन गरिएको बताए ।

नारायणगढ–पोखरा सडकखण्ड ‘टरमिनेट’ गर्ने अवस्थामा पुगिसकेकामा हाल केही सुधार भएको मन्त्री महासेठले बताए ।

उनले कर्णाली र सुदूरपश्चिम प्रदेशको विकासमा सरकार र आफ्नो ध्यान बढी रहेको बताए । यसपालि कर्णाली करिडोरको काममा विशेष ध्यान दिइने उनले सुनाए ।

उनले सडक सुधारका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारले काठमाडौं र केही सहरमा सडकसुरक्षा का निम्ति आधुनिक ‘लाइटिङ’ र बोर्ड राख्ने काम गरिरहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro