सीएनएन । बाक्लो धमिलो बादलले आकाश ढाकिएको छ । हिउँ बोकेको चिसो बतास प्रतिघण्टा १०० माइलको दरले चलिरहेको छ । माइनस ३० डिग्री फरेनहाइटको चिसो तापक्रममा ज्यानै लिने खालका हिमआँधी र हिम पहिरो नियमित छन् ।
विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथामा हुने यी विशिष्ठ अवस्था हुन् ।
हिमालय शृंखलामा रहेको यो ८,८४८.८६ मिटर अग्लो नेपाल र तिब्बतबीचको चुचुरोबाट आकाशको बादल पनि पार गर्दै जान्छ ।
सगरमाथाको आरोहण गर्न महिनौं, कहिलेकाहीँ वर्षौको तालिम र तयारीको आवश्यकता पर्छ । त्यति हुँदा पनि सगरमाथा चढ्न सकिन्छ भनी ग्यारेन्टी लिन सकिँदैन । वास्तवमा सगरमाथामा ३०० भन्दा बढी मानिसको हिमाल चढ्ने क्रममा मृत्यु भइसकेको छ ।
यति हुँदाहुँदै पनि हरेक वसन्तमा शिखर चुम्न यसले सयौं मानिसलाई आफूतिर तानिरहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न कसरी मानिसलाई प्रेरित गरिरहेको छ भन्ने चर्चा तल गरिएको छ ।
डाक्टर जाकोब विजेल, जो ट्राउमा सर्जन (आघातसम्बन्धी शल्य चिकित्सक) हुन् । उनले गत वर्षको मे महिनामा सगरमाथाको सफल आरोहण गरेका थिए । उनलाई त्यसका लागि झन्डै एक वर्ष तयारी गर्नुपरेको थियो ।
“मैले झन्डै ५० पाउण्ड तौलको व्याक–प्याक बोकेर करिब २ घण्टा खुड्किला पार गर्न कुनै समस्या बेहोर्नुपरेन,” विजेलले सीएनएनलाई भने, “त्यसपछि मैले निकै ठीक अवस्थामा रहेको महसूस गरेँ । यद्यपि हिमालका लागि चाहिने उच्च एथलेटिसिज्म आफूसँग नभएको मलाई महसूस भयो ।”
‘पाँचवटा स्टेप लिएपछि करिब ३० सेकेण्डदेखि १ मिनेट सास राम्रोसँग लिन प्रयास गर्नुपर्थ्यो’ उनको भनाइ थियो । सगरमाथा आरोहण गर्दै जाँदा अक्सिजन कम हुँदै गएको उनी सम्झिदै थिए ।
“सगरमाथा चढ्न चाहनेले अक्सर उनीहरूको फोक्सो र पातलो हुँदै गएको अक्सिजनसँग समायोजन गर्दै जानुपर्छ । यो प्रक्रियाले नै आरोहणकर्तालाई चारमध्ये सबैभन्दा माथि रहेको क्याम्प (शिविर) मा पुर्याउँछ । त्यहाँ १ देखि ४ दिन बसेपछि आरोहणकर्ता ओरालो झर्छन् । यो रुटिनले गर्दा कम्तीमा दुई पटक अक्सिजनको लेभल ‘एडप्ट’ गर्न शरीरलाई अनुमति दिन्छ । यसले नै आरोहणकर्ताको बच्ने र शिखर आरोहण गर्ने मौकालाई बढाउँछ,” सर्जन भन्छन् ।
“आवश्यक प्रक्रिया नपुर्याई यदि तपाईंले सगरमाथाको माथिल्लो क्याम्पसम्म हिँडाउनुमात्रै भयो भने उनीहरू १० देखि १५ मिनेटमा कोमामा नै जान सक्छन्,” उनी भन्छन्, “अनि एक घण्टामा उनीहरूको मृत्यु नै हुन सक्छ, किनकि उनीहरूको शरीरले अक्सिजनको तहलाई समायोजना गर्न सकेको हुँदैन ।”
विजेलले दर्जनौं हिमालको आरोहण गरेका छन् । जसमा किलिमन्जरो, चिम्बोराजो, कोटोपक्षी र हालै जनवरीमा अकोन्कागुवाको आरोहण गरेका छन् । ती कुनैको पनि हाइ अल्टिच्युड सगरमाथाको जस्तो छैन ।
“जति राम्रोसँग तपाईंले तालिम लिनुभएको छ, त्यो भन्दा पनि तपाईंको शरीरले कसरी लिन्छ त्यसमा भर पर्छ,” उनी भन्छन् ।
सबैभन्दा उच्च अल्टिच्युडका कारण सगरमाथामा मानव जीवन सम्भव छैन । त्यसैले धेरैजसो आरोहीले २३ हजार फिटमाथि सप्लिमेन्टरी अक्सिजन प्रयोग गर्छन् । अक्सिजनको अभावमा आरोहीलाई शिखरसम्म पुग्न सबैभन्दा चुनौति बन्छ ।
पहिलो टार्गेट आरोहीहरूका लागि बेस क्याम्प हो । जुन १७ हजार फिटमाथि छ । जसमा हावाको पातलो तह आरोहीलाई महसूस हुन्छ । शून्य तापक्रम र उच्च बतासले हिमाल चढ्ने कि नचढ्ने भनेर घच्घच्याइरहेको हुन्छ ।
“त्यहाँ बच्न गाह्रो छ,” वेजल भन्छन् । उनी हिमाल चढ्न जानेको शव छल्दै माथि गएको सम्झिन्छन् ।
“यो असामान्य होइन । लडेका आरोहीहरूका शव निकै चिसो वातावरणका कारण सडेको हुँदैन, सुरक्षित नै हुन्छ,” उनी भन्छन् ।
“म धेरैजसो मानिसभन्दा मृत्यु र जीवनको क्षतिबारेमा बढी जानकार छु” सर्जनले भने, “मेरा लागि यो केवल अवस्थाको गुरुत्व स्मरण गराउने कुरा हो, जीवनको कमजोरी जनाउने कुरा हो, यो भन्दा बढी अवसरलाई सह्राना गर्ने अभिप्रेरण पनि हो ।”
हाइ अल्टिच्युड सेरेब्रल इडेमा(एचएसीइ) शिखर चढ्ने क्रममा आरोहीले भोग्नुपर्ने एक साझा बिमार हो । “तपाईँको दिमाग अक्सिजनको भोको हुन्छ,” उनले भने ।
“स्थिर अक्सिजन लिने क्रममा एचएसीइले दिमाग सुन्निने, झकाउने, सोच्न र बोल्न अप्ठेरो हुने जस्ता समस्या हुने गर्छन् । त्यस्तै, अन्योल, धमिलो दृष्टि र छिटपुट भ्रम समेत उत्पन्न हुने गर्छ,” उनी भन्छन् ।
“मलाई सुन्नमा केही भ्रमको अवस्था आएको थियो । जस्तो मेरो साथी कुरा गरिरहेका हुन्थे, म पछाडिबाट आवाज आए जस्तो सुन्थेँ,” वेजलले भने, “मलाई दृष्टिसम्बन्धी पनि केही भ्रम रह्यो । म मेरी पत्नी र बच्चाहरू चट्टान भित्रबाट निस्किरहेको देख्थे ।”
उनी साथी ओरियान अमार्डलाई बाटैमा छाडेर हिँड्नुपरेको कुरा पनि सम्झिन्छन् । उनका साथी एउटा चोटका कारण हिमालमा च्यापिएका थिए । “म सम्झन्छु उनलाई ५ मिनेट जति हेरेर मैले भन्नुप¥यो, आइ एम सरी,” उनले भने ।
“सर्जनका रुपमा मैले मानिसहरूलाई मद्दत गर्नुपर्छ भनेर एक दशकसम्म सिकाएँ । र, जब म कसैलाई मद्दत गर्ने अवस्थामा थिएँ, म कुनैपनि सहयोग ‘अफर’ गर्न सक्ने अवस्थामा थिइनँ । त्यो बेलाको असहाय अवस्थाको महसूस गराई निकै गाह्रो थियो,” उनले भने ।
“तथापि अयमार्ड बचिन् । उनको उद्धार भयो, तर उनको खुट्टाका केही हाड भने भाँच्चिएका थिए । र यसबाहेक उनको हातमा हिउँले खाएको गम्भीर चोट लागेको थियो । उनका चोटका बाबजुद उनी एक भाग्यमानी मानिएकी थिइन्,” उनले भनिन् ।
“सगरमाथा आरोहीहरूको चिहान पनि हो । जहाँ थुप्रै आरोही यसको रुखो अवस्थामा झुकेका छन् वा यसको खोंचमा दूर्घटनामा परेका छन्,” अर्नेट भन्छन् ।
“यदि कोही प्रिय मान्छे वा सँगै गएको आरोही गम्भीर रुपमा घाइते वा मृत्यु बेहोर्छ र तपाईँ उनीहरूलाई जोगाउन सक्नु हुन्न भने छाडेर हिँड्नुको विकल्प हुँदैन,” २०१४मा सगरमाथा आरोहण गरेका माउन्टेनर कोच अलान अर्नेट भन्छन्,“उनीहरूले धेरै गर्न सक्ने भनेको शवलाई दृश्यबाट अर्को भागतिर पल्टाउने हो । त्यो मात्र सँगै रहेकाले गर्न सक्ने हो । कतिपय समयमा यो पनि व्यवहारिक हुँदैन । किनकि खराब मौसम वा उनीहरूको शरीर हिमालमा फ्रोजन हुन्छन् । त्यसैले शव त्यहाँबाट सार्न निकै मुश्किल हुन्छ ।”
दश वर्षअघि हिम पहिरोका कारण एउटै घटनामा विश्वको सबैभन्दा उच्च शिखरमा १२ जना शेर्पाको मृत्यु भएको थियो ।
अनि २०२३ मा सगरमाथाका लागि सबैभन्दा खतरनाक वर्ष थियो । जहाँ १८ वटा मृत्युका घटना भएका थिए । जसमध्ये पाँचजना मानिसको अझै पत्तो लागेको छैन ।
मानिसको शव ‘रिकोभर’ गर्ने प्रक्रिया व्यापक छ । कतिपय समयमा असम्भव नै हुन्छ । हेलिकोप्टर उद्धार तथा सर्च मिसनलाई हाइ अल्टिच्युडले अप्ठेरो हुन्छ ।
त्यसैगरी विश्वासघाती अवस्थाले गर्दा पनि अरुलाई बचाउन खोज्दा उद्धार दलका सदस्य आफैँले ज्यान गुमाउनुपर्ने अवस्था उत्पन्न हुने गर्छ ।
२९००० फिटबाट सूर्योदयको दृश्य
क्याम्प ४ बाट शिखरसम्मको ३ हजार फिटको उचाई पार गर्न १४ देखि १८ घण्टा लाग्छ । त्यसैले आरोहीहरू उक्त क्षेत्र विशिष्ठ रुपमा रातको समयमा छाड्ने गर्छन् । “त्यो पूरै रात चिसो थियो,” वेजल सम्झिन्छन्, “अँध्यारो थियो । बतास पनि चलेको थियो । तर, त्यसको महत्व के थियो भन्ने बिहान थाहा भयो । २९००० फिटमाथिबाट सूर्योदयको दृश्य र सगरमाथाको छायाँको पिरामिड हामी भन्दा तलको उपत्यकामा प्रक्षेपित भएको दृश्य सम्भवतः मैले मेरो जीवनमा देखेको सबैभन्दा सुन्दर चिज थियो । म अनौठो मान्दै त्यहाँ उभिएको थिएँ । त्यो कुरा बुझेर कि यो ग्रहका सबै चिज म उभिएको स्थानभन्दा तल छन् ।”
“हिमालको साइज विनम्र थियो,” सर्जन भन्छन्, “मैले आफूलाई त्यति सानो कहिल्यै ठानेको थिइनँ । त्यसमा हिनतावोध र सम्पर्कका हिसाबले आफू भन्दा निकै ठूलो भन्ने मिश्रित खालको थियो । त्यो त्यस्तो उपयुक्त स्थान थियो त्यहाँबाट यो ग्रहमा हाम्रो अस्तित्व बुझ्न मद्दत गर्दथ्यो,” वेजलको भनाई थियो ।
उनी जस्तै अर्नेट पनि सूर्योदयको समयमा नै शिखरमा पुगेका थिए । उनले पनि त्यही ‘सानोपन’को अनुभव गरेका थिए । “शिखरबाट गन्नै नसकिने गरी धेरै हिमाल देखिए,” अर्नेटले भने, “यो एउटा विशाल कृतज्ञताको आभास थियो, त्यही बेला म तल झर्नु छ भन्ने कुरा पनि सोचें ।”
यसको २० मिनेटदेखि १ घण्टाको अवधिमा आरोहीहरू सगरमाथाको बेसतिर फर्कन सुरु गरे । नेपालतिर जानुअघि वेजललाई चीलको प्वाँख उपहारको रुपमा दिइएको थियो ।
त्यो प्वाँख आफ्नो देशका जनताको चिन्ह जुन उनीहरूले बितेका सयौं वर्ष सहे त्यसलाई सगरमाथाको शिखरमा गाडेर आउने दृढता देखाएका थिए । आफूहरूको त्यो भावना भाँचिएको छैन भन्ने देखाउन त्योभन्दा माथि हामी पुगेका छौं भन्ने देखाउनु रहेको उनको भनाई थियो ।
“मैले त्यो चीलको प्वाँख संसारकै उच्च स्थानमा लगेर गाडेको थिएँ, त्यतिबेला मैले आफनो देशका जनताको प्रतिनिधित्व गरेको पनि महसूस गरेको थिएँ,” उनले भने ।
त्यही कारणले उनले सगरमाथा आरोहणको निर्णय लिएका थिए । उनलाई त्यो पनि देखाउनु थियो कि योङ्ग नेटिभ चिल्ड्रेन र उसको जातीको मान्छेका लागि जे पनि सम्भव छ ।
अर्नेटले यसअघि पनि तीन पटक सगरमाथाको आरोहण प्रयास गरेका थिए । तर, चौथो पटकमा सफल भए । “सुरुका तीनपटक मैले किन सगरमाथा चढ्न खोजेको थिएँ मलाई थाहा छैन,” उनले भने । जब उनकी आमालाई अल्जाइमर्स रोग लागेको थाहा भयो उनले आफ्नो आरोहणको उद्देश्य अर्कै हिसाबले सोचे ।
“म आरोहण अल्ज्जाइमरका लागि पैसा उठाउन चाहन्थेँ र आमालाई सम्मान गर्न चाहन्थे,” उनले भने ।
करिब ३०० मानिसलाई सगरमाथाको आरोहणका लागि नेपाल सरकारले यो साल अनुमति दिएको पाइएको छ । अर्नेटका अनुसार यो संख्या अघिल्लो वर्षको भन्दा कम हो । “मेरो विचारमा एउटा कारण अघिल्लो वर्ष १८ जना व्यक्तिको मृत्यु भएकाले यसपालि मानिसहरूले सोचेको हुनुपर्छ, सगरमाथा खतरनाक हिमाल हो,” उनले भने ।
तर, त्यसले मात्रै सगरमाथा आरोहीलाई शिखरमा पुग्ने प्रयासबाट रोक्न सक्ला भन्ने उनलाई विश्वास छैन ।
“जब तपाईं ती हिमाल आरोहण गर्न जानुहुन्छ, तपाइँ अझ राम्रो भर्सन (संस्करण)मा घर पुग्नुहुन्छ भन्ने कुरामा सबैभन्दा धेरै विश्वास गर्ने म हुँ । सगरमाथा धेरै नै व्यापारीकरण भएको छ । तपाईंहरू शवमाथि टेकेर अघि बढ्नुहुन्छ । जुन ट्रयासको फोहोर हुन्छ,” माउन्टेन कोच अर्नेट भन्छन्, “वास्तवमा यो धेरै सानो कुरा हो, आरोहणबाट मानिसहरूले ठूलो आनन्द प्राप्त गर्दछन् । र, कारण यही हो जसका लागि हामी हिमाल चढ्छौं ।”
सीएनएनबाट