site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा पतञ्जलिका ‘बदमासी’ शृङ्खला : विश्वास गर्नै मुस्किल !
Sarbottam CementSarbottam Cement

काठमाडौ । भारतको उत्तराखण्ड सरकारले केही पतञ्जलिका उत्पादन लाइसेन्सलाई रद्ध गरेको प्रसंग सार्वजनिक भएपछि त्यसका उत्पादनहरु नेपालमा पनि व्यापक रुपमा बिक्री भइरहेका कारण नेपालीलाई पनि स्वाभाविक रुपमा चिन्ता र चासो उत्पन्न भएको छ । 

उत्तराखण्ड सरकारले यही अप्रिल १५ मा एक आदेश जारी गरेर पतञ्जलिका १४ उत्पादन लाइसेन्स रद्ध गरेको सर्वोच्च अदालतलाई जानकारी दिएको समाचार मंगलबार सार्वजनिक भएको थियो । 

पतञ्जलि आयुर्वेद नेपालमा सन् २०११मा स्थापना भएको  सो कम्पनीको बुलेटिनमा उल्लेख छ ।  जसमा उल्लेख भएअनुसार उक्त कम्पनीले नेपालका ७७ वटै जिल्लामा योगालाई प्रवर्द्धन गरेको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर धुलिखेलमा २०७३मा स्थापना भएको र त्यसको सम्बन्धन  नेपाल संस्कृत विश्वविद्यालयसँग रहेको जनाइएको छ ।  पतञ्जलिका उत्पादनहरु राजधानी काठमाडौं समेत देशैभरी छ्याप्छ्याप्ती पाइने गरेका छन् ।

पतञ्जलिलाई के भएको हो अहिले ? 

Global Ime bank

‘ड्रग्स एण्ड म्याजिक रेमेडीज एक्ट’को उल्लंघन गरेका कारण रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध भारतमा आपराधिक गतिविधिमा उजुरी समेत दर्ता गरिएको पाइएको छ । 

उसका  स्वासारी गोल्ड, स्वासारी वटी, ब्रोंकोम, स्वासारी प्रवाही, स्वासारी अवलेह,मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम,बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडवांस, लिवोग्रिट, आइग्रिट गोल्ड र पतञ्जलि दृष्टि आइड्रप लगायतमा दिइएको उत्पादन लाइसेन्स रद्ध गरिएको छ । 

रामदेव र बालकृष्णमाथि सर्वोच्चको आदेशको अवहेलना गरेको बारेमा सुनुवाई भइरहेको बेलामा राज्य सरकारले पनि उत्पादन रद्ध गरेको हो ।  केही अघि पतञ्जलिका तर्फबाट अखबारमा बिनाशर्त क्षमायाचना प्रकाशित भएको थियो ।

सर्वोच्च अदालत इन्डियन मेडिकल एशोसिएसनको २०२२को एक याचिकामा सुनुवाई गरिरहेको छ त्यसमा  कोभिड टीकाकरण अभियान र चिकित्साको आधुनिक प्रणालीको बदनाम गरिएको आरोप लगाइएको छ ।

गएको हप्ता सुनुवाईका क्रममा न्यायाधीश हिमा कोहली र अहसानुद्धिन अमानुल्लाहको बेन्चले पतञ्जलिसँग अदालतको आदेशको अवहेलनामा जवाफ मागेको थियो । सर्वोच्चले पतञ्जलिसँग जोडिएको दीब्य फार्मेसीको बारेमा पनि सुनुवाई गरिरहेको छ । जसले विज्ञापन निकालेर थाइराइड, कलेजो र छालाका बिरामीको समस्या पुरै ठीक हुने जनाएको थियो । 

त्यसमा आधुनिक चिकित्सा विज्ञानलाई पनि आलोचना गरिएको थियो । यसबारेमा रामदेव र आचार्य बालकृष्णले अदालत समक्ष बिनाशर्त माफी मागिसकेका छन् ।

पतञ्जलिको इतिहास

पतञ्जलि आयुर्वेद भारतीय बहुराष्ट्रिय समूह होल्डिङ्ग कम्पनी हो ।  जसको मुख्य कार्यालय भारतको हरिद्वारमा रहेको छ ।  यसको स्थापना  स्वामी रामदेव र आचार्य बालकृष्णले सन् २००६ मा गरेका हुन् । 

यसको कार्यालय नयाँ दिल्लीमा पनि छ तर उत्पादन युनिट र हेडक्वार्टर हरिद्वारको औद्योगिक क्षेत्रमा रहेको छ ।

जसमा संस्थापकको नाममा रामदेव र बालकृष्ण लेखिएको छ भने स्वामित्वमा आचार्य बालकृष्णको नाम लेखिएको छ । २०२१को तथ्यांकअनुसार रेभिन्यू ९८ दशमलब ७२ बिलियन भारतीय रुपैयाँ अर्थात् १ दशमलब २ बिलियन डलर भनिएको छ ।

राष्ट्रियता, आयुर्वेद र योगा मुख्य पिल्लर भएको उसको वेबसाइटमा उल्लेख  छ ।  आफू स्वस्थ समाज र देश निर्माणको लागि लागेको जनाइएको छ । मिसनमा भारतलाई बृद्धि र विकासमा आदर्शको रुपमा विकास गर्ने जनाइएको छ । 

सो कम्पनीले कस्मेटिक, आयुर्वेदिक औषधी, पर्सनल केयर र खाद्यान्न उत्पादनलाई अघि बढाउँदै आएको छ ।  ९४ प्रतिशत सेयर होल्डरको रुपमा आचार्य बालकृष्णलाई चिनाइएको छ र  बाँकी शेयर अन्य व्यक्तिहरुलाई दिइएको छ । बालकृष्णको नेट वर्थ मे २०२१ मा २ दशमलब ३ मिलियन डलर देखाइएको छ । 

यो फास्टेस्ट ग्रोइङ्ग कम्पनी रुपमा चिनिन्छ । आर्थिक वर्ष  २०१६÷१७ को तथ्यांक अनुसार पतञ्जलिको वार्षिक टर्नओभर १ दशमलब ३ बिलियन डलर रहेको जनाइएको छ । पतन्जीलका उत्पादनका कारण विगतमा १३ वटा कम्पनीलाई प्रत्यक्ष असर गरेको यसअघि जनाइएको थियो ।

त्यसमा हिन्दूस्तान युनिलिभर, कोल्गेट, डाबर, आइटीसी, गोदरेजलगायतका रहेका छन् । हरिद्वारमा रहेको पतञ्जलि फूड एण्ड हर्बल पार्क कम्पनीको मुख्य उत्पादन स्थल हो । नोइडा, नागपुर र इन्दौरमा पनि यसका प्रोडक्सन फेसिलिटी रहेका छन् ।

बदमासीका शृङ्खला 

पतञ्जलिका प्रमुख मध्येका एक स्वामी रामदेव आफ्ना उत्पादनका कारणले मात्रै होइन अन्य हिसाबले पनि बारम्बार विवादमा आइरहने व्यक्ति हुन् ।  पतञ्जलि सम्बन्धी विषयलाई लिएर रामदेवविरुद्ध उत्तराखण्डमा मात्रै सयवटा भन्दा बढी मुद्दा दर्ता भएको विभिन्न समाचार संस्थाहरुले जनाएका छन् ।  

तीमध्ये ८१ वटा पतञ्जलि योगपीठविरुद्धका रहेको जनाइएको छ । गलत विज्ञापनमा त त्यो कम्पनी सधै विवादमा आइरहने गरेको छ ।  सन् २०१७मा नयाँ दिल्लीस्थित उच्च अदालतले  च्यवनप्रासको यस्तै एक विज्ञापन प्रकाशन प्रशारणमा रोक लगाएको थियो । 

यस्तै अमला जुस र आयुर्वेदिक औषधी कम गुणस्तरका भएको नियामक निकायले ठहर गरेपछि रोक लगाइएका थिए । उनले आफ्नो उत्पादनको विज्ञापन निकाल्दा अप्रमाणित कुरालाई महत्व दिंदै प्रकाशन गर्ने गरेका छन् । 

एकपटक उनले बाँझोपन अन्त्य गर्न मात्रै होइन छोरो जन्माउनका लागि भनेर समेत एक औषधी बजारमा ल्याएका थिए । पतञ्जलिका दुवै प्रमुख रामदेव र आचार्य बालकृष्ण गुरु भएकोले कामदार काममा जाँदा दुवै गुरुको चरण छुनुपर्ने व्यवस्था समेत पहिला भएको आरोप लागेको थियो । 

तलब पनि दैनिक १२ घण्टा काम गर्दा मासिक ६ हजार मात्रै दिने गरिएको भनेर समेत आरोप लागेको थियो । रामदेवको दिव्य फार्मेसीबाट ल्याइएको ‘पुत्रजीवक’ले बाँझोपन हटाउने र छोरो पाउने भनेर प्रचार गरेको थियो । 

सन् २०१५मा भारतीय संसदमा पनि गलत विज्ञापन भयो भनेर आलोचना भएको थियो ।

उत्तराखण्ड सरकार र महाराष्ट्र सरकारले पटक—पटक पतञ्जलिबाट उत्पादित औषधीको गुणस्तरबारेमा प्रश्न उठाएको जनाइएको छ । जनवरी १०१८ मा पतञ्जलि पदार्थ फ्याक्ट्रीले गंगा नदीमा प्रदूषण गरेको भनेर हरिद्वार जिल्लाको सम्बद्ध गाउँले उजुरी गरेको थियो ।

केमिकलले पशु मारेको पनि सो उजुरीमा उल्लेख थियो  । रामदेवको प्रभावले स्थानीय सरकार डराउने गरेका कारण थुप्रै कुरा लुकाइएको हुन सक्ने समेत अनुमान गरिएको छ । त्यसैगरी  इन्स्टान्ट नूडल्स, राजस्थान मस्टार्ड अइल, अमला जुसलगायतका उत्पादनमा अखाद्य वस्तु पाइएको नियामक निकायले जनाएका थिए । 

पतञ्जलिको एउटा उत्पादनले  डायबिटीज निको हुने भन्दै विज्ञापन गरेपछि त्यो पनि विवादमा आएको थियो । यस्तै मुटु र कलेजोको समस्या समाधान गर्नेदेखि अनेक विषयका उनका उत्पादन पनि बजारमा आएका थिए ।  
लिपिडोम, लिभोग्रीट र लिभाम्रीटको पनि आलोचना भएको थियो । 

‘कोरोनिल’ भन्ने एक औषधी कोरोनाको उपचारको लागि भन्दै समेत पतञ्जलिले सन् २०२०को जुनमा प्रयोग गरेको थियो । तर, परीक्षणको क्रममा त्यस्तो नपाइएपछि  महाराष्ट्रले राज्यले त्यसलाई रोक्नुका साथै विहार र राजस्थानमा मुद्दा परेको थियो । भारतको एक मन्त्रालयले पनि त्यो कोभिडको औषधी नभएको जनाएको थियो । 

मद्रास उच्च न्यायालयले त्यो भन्दा पहिला नै त्यसलाई गलत औषधी बताएको थियो । त्यसबेला नेपाल र भूटानले पनि उक्त औषधी प्रयोग गरेनन्  । पतञ्जलिले उक्त औषधी आयुष मन्त्रालयले स्वीकृत गरेको र विश्व स्वास्थ्य संगठन(डब्ल्युएचआ)ेबाट सो कुरा सर्टिफाइ पनि भएको भन्न समेत भ्याएको थियो ।  

उसको त्यो दाबीलाई डब्ल्युएचओले पनि त्यतिबेला अस्वीकार गरेको थियो ।  उत्पादनमा मात्रै होइन सामाजिक हिसाबले पनि तेलीवाला गाउँमा किसानको जग्गा गाइपालन र सेल्टर तथा जडिबुटीको खेतीको लागि जबर्जस्ती लिइएको समेत आरोप लागेको थियो । 

भेज प्रोडक्टमा ‘फिस बोन’ प्रयोग गरेको समेत पतञ्जलिलाई आरोप लगाइएको थियो ।  

सन् २०१६मा पतञ्जलिका रिटेल आउटलेट चार हजार सात सयवटा भएको जनाइएको थियो । सो कम्पनीले अनलाइनबाट पनि सामान बेच्ने गरेको छ । उसले रेलवे र विमानस्थलमा पनि सामान बेच्नको लागि आउटलेट बनाउने जनाउँदै आएको छ । 

पतञ्जलि योग पीठ अन्तर्गत पतञ्जलि आयुर्वेद अस्पताल, रिसर्च, योग र आयुर्वेदलगायतका निकाय पनि रहेको जनाइएको छ ।  त्यस्तै  प्रकाशन औषधी, हर्बल तथा अन्य आफ्ना उत्पादनको विज्ञापन गरिएका पुस्तक वा पुस्तिकाहरु पनि प्रकाशित गरेको पाइन्छ ।  पतञ्जलिका शिक्षा क्षेत्रमा युनिभर्सिटी, कलेज, गुरुकूललगायतका निकाय रहनुका साथै नेपाल, बेलायत, क्यानडा, अमेरिका, मरिससलगायतका देशमा कार्यालय नै खोलेर ट्रस्टको प्रवर्द्धन गरिएको उसको कागजातबाट देखिन्छ । 
एजेन्सीको सहयोगमा 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय