site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङमा नेकपा एससहित ८ उमेदवारको जमानत जफत, इलाममा क–कसको होला ?

काठमाडौं । बझाङ १ को ‘क’मा नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहसहित ८ उमेदवारको जमानत जफत भएको छ । 

निर्वाचन आयोगका अनुसार तीन दलबाहेक अरु दलले कूल सदर मतको १० प्रतिशत मत ल्याउन सकेका छैनन् । शनिबार भएको मतगणनाको परिणाम सोमबार दिउँसो घोषणा गरिएको छ । 

आयोगका अनुसार ६१ हजार ७४८ मतदाता रहेको उक्त क्षेत्रमा करिब ५० प्रतिशत मत खसेको थियो । जसमध्ये २९ हजार ७०५ मत सदर भएको छ ।  प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को धारा ७१ मा धरौटी जफतको व्यवस्था छ । 

जसमा कूल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उमेदवारको धरौटी जफत हुने व्यवस्था गरिएको छ ।

“पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ । तर निर्वाचित उमेदवारको हकमा यो कुरा लागू हुने छैन,” धारा ७१ को उपधारा १ मा उल्लेख छ । 

बझाङ १ को कूल सदर मत अनुसार धरौटी जोगाउनका लागि उमेदवारले कूल २ हजार ९ सय बढी मत ल्याउनुपर्ने हुन्छ । 

कसले कति मत ल्याए ? 
बझाङ १ को ‘क’मा नेकपा एमाले निर्वाचित भएको छ । एमालेका दमन भण्डारी ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।  निकटतम प्रतिष्पर्धी कांग्रेसका सिंहले ११ हजार ३४६ मत पाएको आयोगले जनाएको छ । उनीहरुको मतान्तर २६७ रहेको छ । 

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरेका छन् ।

bajhang-1714382651.JPG
 

जसले जमानत जोगाउन सकेनन् 

मत परिणामको अन्तिम विवरण अनुसार एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरेका छन् ।   एकीकृत समाजवादीले २५ सय मत कटाए पनि जमानत जोगाउनका लागि पर्याप्त भएन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का किशोर कुमार खड्काले २४२ मत पाएका छन् ।  जनता समाजवादी पार्टी (जसपा) का उमेदवार रामबहादुर जाग्रीले ४४ मत प्राप्त गरेका छन् ।  राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापाले ३५ मत ल्याएका छन् । 

संघीय लोकतान्त्रिक राष्ट्रियमञ्च दीपबहादुर खड्काले २८, जनमतका सुशीलादेवी विष्टले २६ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खगेन्द्रबहादुर शाहीले २४ मत पाउँदा नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगरले २ मत ल्याए । 

प्रदेशसभा निर्वाचनका लागि उमेदवारले पाँचहजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नुपर्ने व्यवस्था ऐनमा रहेको छ । कूल सदर मतको १० प्रतिशत कटाउन नसक्ने उमेदवारको उक्त जमानत जफत हुनेछ ।

इलाममा क–कसको होला ?

त्यस्तै इलाम–२ मा प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो तथ्यांकअनुसार एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायम छ ।  यहाँ दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्का झण्डै पाँचहजार मतान्तरले पछि छन् । 

तेस्रो स्थानमा पहिचान पक्षधर डकेन्द्रसिंह थेगिमले कांग्रेसलाई पछ्याउँदा रास्वपाका मिलन लिम्बू भने धेरै पछि परेका छन् ।  एमालेका सुहाङले अहिलेसम्म १३ हजार ९०० मत पाउँदा कांग्रेसका खड्काले आठ हजार ९१४ मत पाएका छन् । 

थेगिमले आठ हजार २८५ मत ल्याउँदा रास्वपा लिम्बुको एक हजार ९४५ मत रहेको छ । इलाममा ६९ हजार २८७ मत खसेको थियो । यहाँ पनि कूल सदर मतको १० प्रतिशत नकटाउने उमेदवारको धरौटी जफत हुनेछ । प्रतिनिधिसभाका प्रत्यक्ष उमेदवारले दश हजार धरौटी जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

ilam2-1714382618.JPG
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro