site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आवको पहिलो महिनादेखि घट्यो आयात, भन्सार राजस्वमा गम्भीर प्रभाव
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा हुने आयात घट्ने क्रमले चालू आर्थिक वर्षको सुरुदेखि नै निरन्तरता पाएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ को पहिलो महिना (साउन) मा भएको आयात गत आवको पहिलो महिनामा भएको भन्दा १९.६ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो आवको भन्दा ९.३९ प्रतिशत कम आयात भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

भन्सार विभागका अनुसार साउनमा ८५ अर्ब ८० करोड ६७ लाख रुपैयाँबराबरको मात्र आयात भएको छ । अघिल्लो आवको यही अवधिमा १ खर्ब ६ अर्ब रुपैयाँको आयात भएको थियो भने आव ०७५/७६ को साउनमा १ खर्ब २० अर्ब रुपैयाँको आयात भएको थियो ।

आयातमा कम आउँदा चालु आवको सुरुदेखि नै निर्यात सुधारोन्मुख देखिएको छ । भन्सारका अनुसार साउनमा ९ अर्ब ६१ करोड ९८ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । गत वर्षको यही अवधिमा ८ अर्ब ८३ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो ।

Global Ime bank

निर्यातको वृद्धिदरमा भने केही सुस्तता देखिन्छ । गत आवको साउनमा भएको निर्यात अघिल्लो आवको तुलनामा एकचौथाइले बढेको थियो । आयात घट्दा यसको सीधा प्रभाव व्यापार घाटा र राजस्व संकलनमा परेको छ ।

साउनमा अघिल्लो आवको यही अवधिभन्दा २२ प्रतिशत अर्थात् २१ अर्ब रुपैयाँले कम भएको हो । चालू आवको पहिलो महिनामा राज्यले वैदेशिक व्यापारमा ७६ अर्ब १९ करोड रूपैयाँ घाटा सहेको छ ।

यस्तै राजस्व संकलन गत वर्षभन्दा १७.०४ प्रतिशतले घटेर २७ अर्ब ५४ करोड रूपैयाँबाट २२ अर्ब ८४ करोड रूपैयाँमा झरेको छ । सरकारले चालु आवको बजेटमार्फत राजस्व संकलन घट्ने अनुमान गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय