site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन : इलाम-२ को मतगणना ११ बजेबाट सुरू हुने 

इलाम। इलाम क्षेत्र- २ मा भएकाे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनकाे मतगणना आइतबार (आज) ११ बजेबाट सुरू गर्ने निर्णय भएको छ । 

मतगणनास्थल गौतमबुद्ध सभम गृह (सिटीहल) मा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।  गणना फाकफोकथुम गाउँपालिकाबाट सुरू हुनेछ ।

सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् बैशाख १५ अर्थात् शनिबार (हिजो) उपनिर्वाचन भएको हो ।  प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना आजबाट सुरू हुँदै छ । 

प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादवका अनुसार  शनिबार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।मतदानपश्चात आइतबार बिहान ४ बजेसम्म मतपेटिका संकलन गर्न समय लागेको थियो। मतपेटिका इलाम-७, मा रहेको गौतमबुद्ध समभागृहमा संकलन गरिएको हो। 

निर्वाचन आयोगका अनुसार मतगणना सुरू भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ। एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro