site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लकडाउनले धराशायी बन्दै उद्योग, क्षमताको आधामात्र सञ्चालन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ को सम्भावित जोखिम कम गर्न देश लकडाउनमा भए पनि अत्यावश्यक उद्योग सञ्चालनमा भने कुनै रोक नलगाइए सरकारले जनाएको छ  । उपभोग्य वस्तुको अभाव हुन नदिन त्यस्ता उद्योग सञ्चालन गर्न कर्मचारीको आवागमन, कच्चा पदार्थ ढुवानी तथा आयात र तयारी वस्तुको आपूर्तिमा बन्देज लगाइएको छैन ।

अर्कातर्फ लकडाउन खुकुलो हुँदै गएपछि सरकार थप मोडालिटी तय गरेर जनजीवन सहज बनाउने तयारीमा छ । अहिले जनजीवन केही सहज बन्दै गएको छ । सवारी साधन आवतजावतमा केही कडाइ गरेर कार्यालय बन्द, व्यापार सञ्चालन गर्न प्रशासनले पहिलेजस्तो कडाइ गरेको छैन ।

तर, उद्योगहरू भने दिनानुदिन धराशायी बन्दै गएका छन् । सरकारी पक्षले सहज परिस्थिति बनाउने कोसिस गरे पनि घटेको माग र अन्य विविध कारण उद्योगहरूको सञ्चालन क्षमता घट्दै गएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार देशभरका अत्यावश्यक उद्योग औसतमा ४६ प्रतिशतमात्र क्षमता उपयोग गरेर सञ्चालन भइरहेका छन् । जब कि गत चैतमा यस्ता उद्योग ४५ प्रतिशत क्षमता उपयोग गरेर सञ्चालनमा रहेकोमा वैशाख दोस्रो सातासम्म बढेर ५२ प्रतिशत कायम भए पनि जेठमा भने पुरानै स्थितिमा फर्किएको हो ।

वैशाख ३० गतेसम्म सो क्षेत्रमा सञ्चालनमा आएका सबै उद्योग ५१ प्रतिशत क्षमता उपयोग गरेर सञ्चालनमा रहेका थिए । यद्यपि सञ्चालमा आएका उद्योगको संख्या भने बढेको छ ।

Global Ime bank

१० वटा औद्योगिक क्षेत्रभित्र सञ्चालित अत्यावश्यक उद्योगहरूको उत्पादन क्षमताबारे मन्त्रालयले गरेको अध्ययनअनुसार जेठ २० सम्मको संस्थागत औसत सञ्चालन क्षमता ४६ प्रतिशत हो ।यस क्षेत्रमा कुल ५९७ उद्योग छन् । जसमा १६ हजार ९७१ श्रमिक कार्यरत छन् । त्यसमध्ये ३३८ वटा उद्योगले अत्यावश्यक वस्तु उत्पादन गर्छन् ।

मन्त्रालयका अनुसार अत्यावश्यक उद्योगमा काम गर्ने श्रमिकको संख्या ११ हजार ७३६ रहेकोमा अहिले ४ हजार ९ सय श्रमिकमात्र कार्यरत छन् । मन्त्रालयले लकडाउका अवस्थामा अत्यावश्यक वस्तुहरू चामल दाल, तेल, औषधि, डेरी, खानेपानी, ग्यास, चिया, चिनी र दाना उत्पादन गर्ने उद्योगको उत्पादन क्षमता तुलना गरेको हो ।

मन्त्रालयका अनुसार अक्सिजन प्लान्ट सुरुदेखि नै शतप्रतिशत क्षमता उपयोग गरेर सञ्चालनमा छन् ।

चामल, चिउरा, दाल, पिठो, तेल, बिस्कुट, चाउचाउ लगायत सबै खाद्य उद्योग सञ्चालनमा छन् । तर, चाउचाउ बिस्कुटलगायत उद्योगको क्षमता उपयोग ८० प्रतिशतबाट ५५ प्रतिशत क्षमतामा सञ्चालनमा छन् । जबकि ती उद्योग लकडाउनअघि ८० प्रतिशत, वैशाख १३ सम्म ५० र वैशाख मसान्तसम्म ६० प्रतिशत क्षमता उपयोग गर्दै सञ्चालनमा थिए ।

यसैगरी चामल, तेललगायत उद्योग यही अवधिमा ७५ बाट ५० र ६५ हुँदै ५५ प्रतिशतमा कायम भएको छ ।

डेरी उद्योगतर्फ लोकल डेरी यथावत् चलेका छन् तर पास्चराइजेसन सहितका ठूला उद्योग सञ्चालनमा छैनन् र जसका कारण डेरी उद्योगको क्षमता उपयोग ८० प्रतिशतबाट ६० प्रतिशतमा झरेको छ । यद्यपि लकडाउका यसअघिको अवधिमा ४० देखि ५५ प्रतिशत क्षमता उपयोग गरी चलेका थिए ।

यता चिनी उद्योगको स्टक घटेको छ । लकडाउन सुरु हुँदा ५० हजार मेट्रिक टन भण्डारण रहेकोमा अहिले त्यो ४० हजार कायम भएको छ ।

दाना, ह्याचरी र पोल्ट्री उद्योग भने धेरैजसो बन्द छन् । अण्डा उत्पादनमा समस्या छैन तर अरु मागमा निकै कमी आएका कारण लकडाउन अघि क्षमताको ८० प्रतिशत उपयोग गरेकामा अहिले घटेर आधा भएको छ । त्यो पनि दाना उद्योगमात्र हो ।

मन्त्रालयका अनुसार ग्यास रिफिलिङ प्लान्ट शतप्रतिशत क्षमताअनुसार चलिरहेका छन् ।

औषधितर्फ माग नबढेको तथा सीमित सेल्फ लाइफ हुने भएकाले ती उद्योग पूर्ण क्षमतामा चलेका छैनन् । यसकारण यस्ता उद्योगको क्षमता उपयोग ८० प्रतिशतबाट घटेर ६० प्रतिशत कायम भएको छ । खानेपानी उद्योगले बोतलको पानी उत्पादन गरेका छैनन् । यसको कारण हो, रेस्टुरेन्ट तथा होटल बन्द हुनु र बोतल बनाउन आवश्क प्रिफर्म र क्याप आयात नहुनु ।

चिया उद्योगतर्फ युरोपबाट मागमा कमी आएको छ भने भारतले आयात बन्द गरेको छ । जसकारण यस्ता उद्योग ३० देखि ४० प्रतिशतमात्र क्षमता उपयोग गरी सञ्चालनमा छन् । वैशाख १३ गतेसम्म १० वटा औद्योगिक क्षेत्रमा रहेका ५९७ मध्ये १५० उद्योग मात्र सञ्चालनमा थिए । ती उद्योग पनि लकडाउनको कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् र औसत सञ्चालन क्षमता ४९ प्रतिशत थियो ।

५ सय ९७ उद्योगमध्ये १५० उद्योगमा लकडाउन हुनुभन्दा अगाडि ५ हजार १९० जना मजदुर कार्यरत रहेकोमा हाल १ हजार ६०२ जना मात्र कार्यरत रहेका थिए । वैशाख ३० गतेसम्म ३४९ उद्योग सञ्चालनमा थिए । ती उद्योग पनि लकडाउनका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् र औसत सञ्चालन क्षमता ५१ प्रतिशत थियो । ती उद्योगमा ३ हजार ४१६ जना कार्यरत थिए ।

यता जेठ २० सम्मको अवस्था हेर्दा लकडाउनको कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् र तिनको औसत सञ्चालन क्षमता ४६ प्रतिशत छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय