site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
परम्परावादी बजेट ल्याउने कि क्रान्तिकारी ?

अर्थमन्त्री वर्षमान पुन शालीन अर्थमन्त्रीमा गनिनुहुन्छ । दोश्रोपटक अर्थमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । तर, पार्टी र अन्य दबाबका कारण नेपालका प्रायः अर्थमन्त्रीहरू असफल हुन पुग्छन् । पुनले त्यस्ता त्यस्ता दबाबलाई किनारा लगाउन सकेको खण्डमा सफल अर्थमन्त्री हुन सक्छन् ।

केही दिनअघि सात पूर्वअर्थमन्त्रीहरूसँग सरकारको कार्यक्षेत्र, बजेटको बनौट, प्रभावकारी कार्यान्वयन, सार्वजनिक, निजी र वैदेशिक लगानीको बाँडफाँड र विकास तथा आर्थिक समृद्धि कसरी ल्याउन सकिन्छ भनी राय–सुझाव लिएको पाइयो । सातै जना पूर्व अर्थमन्त्रीहरूबाट अठार खर्ब रुपैयाँभन्दा बढी बजेटको आकार नबढाउन र राष्ट्रिय गौरवका योजना, राष्ट्रिय प्राथमिकताका योजना र बहुवर्षीय ठेक्का लागेका योजनाबाहेक अरु योजना समावेश नगर्न सुझाव आएको छ ।

साथै उहाँहरू सातैजनाले सरकारलगायत सबै नियामक निकायक नै अराजक हुँदा सरकारी निकायमा खर्च हुन नसकेको तथ्य पनि स्पष्टसँग राखेका थिए । तिनले छलफलमा अध्ययनविना ‘पपुलिष्ट’ कार्यक्रममा बजेट नराख्न पनि सुझाएका छन् ।

Dabur Nepal
NIC Asia

दीर्घकालीन तथा दीर्घकालीन पुँजीगत योजनामा बजेट बढाउने, राजनीतिक र व्यक्तिगत स्वार्थले दबाबमा आएका योजनामा बजेट समावेश गर्न अस्वीकार गरेको खण्डमा मात्र अर्थमन्त्रीलाई सफलता मिल्न सक्छ । त्यसअतिरिक्त नियामक निकायका नियन्त्रणकारी सोच र अनुचित हस्तक्षेप न्युनीकरण गरी जिम्मेवार बनाउँदा मात्र लक्षित प्रतिफल हासिल गर्न सकिन्छ ।

नेपालमा प्रत्येक वर्ष पुँजीगत बजेट लक्ष्यअनुसार खर्च गराउन राज्यका संयन्त्र असफल सावित छन् । राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकताका आयोजना र बहुवर्र्षीय ठेक्का लागेका योजना समयमै सकिएको उदाहरण छैन ।

बजेटकै सन्दर्भमा अर्थमन्त्रीले क्रान्तिकारी, विकासमुखी तथा कार्यान्वयनयोग्य बजेट प्रस्तुत गर्नुहुन्छ कि हुन्न चर्चाकै विषय भएको छ ।

एकातिर नेपाल सरकारसँग बजेट खर्च गर्ने, राजस्व लक्ष्यअनुसार उठाउन सक्ने, प्रतिबद्धता अनुसारको वैदेशिक ऋण र सहायता लिन सक्ने क्षमता छैन । अर्कातिर वर्षेनी बजेटको आकार बढाउने प्रवृत्ति छ । यसमा तालमेल मिलाउनु सजिलो छैन ।

गत आर्थिक वर्ष सरकारले संघीय संसदमा सत्र खर्ब एकाउन्न अर्ब बजेट प्रस्ताव पेश भए पनि चालुतर्फ बजेटको ६५ प्रतिशतमात्र खर्च गर्न सरकार सफल भयो । सरकाले यस वर्षका लागि विकास खर्चतर्फ तीन खर्ब बजेट अर्थात् बजेटको सत्र दशमलव पच्चीस प्रतिसत रकम विनियोजन गरेको छ । यस्तो अवस्थामा नेपालमा विकास, योजना, लगानी र आर्थिक समृद्धिका कुरा गर्नु बेकार हुन्छ ।

अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगले आउँदो वर्षका लागि अठार खर्वकै बजेट सिलिङ तोक्न पूर्वअर्थमन्त्रीहरूले सुझाएका छन् । तर पनि आउँदा वर्षमा पनि नेपाल सरकारसँग बजेट खर्च हुने क्षमता अभिवृद्धि हुने लक्षण देखिँदैन ।
 
अर्कातिर चालु वर्षमा १२ खर्व रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सक्ने अवस्था र क्षमता पनि सरकारसँग देखिँदैन । राजस्वको हिसाबले हेर्ने हो भने अठार खर्वको बजेटलाई महत्वाकांक्षी भन्नुपर्ने हुन्छ । विकासका योजना र लगानीलाई प्राथमिकता दिने हो चालु खर्चमा भारी मात्रामा कटौती गर्न सक्ने साहस अर्थमन्त्रीले गर्नुपर्ने हुन्छ । तर त्यसो गर्न सक्ने अवस्था पनि देखिँदैन ।

देश र अर्थतन्त्रको हालत एकातिर यति दयनीय र संकटपूर्ण छ भने अर्कातिर प्रधानमन्त्री र सरकारमा आवद्ध दलका नेताहरूले हावादारी रुपमा बजेट दिने आश्वासन बाँड्न थालेको अवस्था छ । 

बजेट र योजनाको प्राथमिकीकरणमा खासै परिवर्तन र सुधार आउने लक्षण देखिँदैन । बजेटले आर्थिक विकास, समृद्धि र राजनीतिक र आर्थिक, सामाजिक तथा प्रशासनिक अनुशासन, नैतिकता र इमान्दारिता तथा जवाफदेहिता ल्याउने अवस्था पनि देखिँदैन ।

सरकार, नेता र नियामक निकायका पदाधिकारीहरूलाई नियमित, जवाफदेही नबनाउने हो भने नेपालमा विकास र समृद्धि आउँदैन भन्ने कुरा पनि अर्थमन्त्रीले चुनौतीका रुपमा लिनुपर्नेछ ।

साथै अर्थमन्त्रीले साधारण खर्च घटाउने सन्दर्भमा तत्काल चार निर्णय लिनुपर्नेछ, पहिलो अनावश्यक कार्यालय र दरबन्दी खारेज गर्नुपर्नेछ । दोस्रो अनावश्यक भर्ती भएका राजनीतिक प्रकृतिका विज्ञ–सल्लाहकारमा नियन्त्रण गर्नुपर्नेछ । तेस्रो सरकारी गाडी खरिदमा होडबाजी देखिएको त्यसमा नियन्त्रण र इन्धन खर्चमा आधा घटाउनुपर्नेछ । 

चौथो, प्रभावकारी रुपमा काम नगर्ने संस्थाको कार्यप्रगतिको अनुगमन गरी त्यस्ता निर्माण व्यवसायीलाई अरु देशमा झैं कारबाही गर्ने कानुन बनाउनु जरुरी छ । हाम्रा विकासे ठेक्कामा अनगिन्ती पटक म्याद थप्नुपर्दा लागत अत्यधिक हुँदै गएको छ । यसमा निर्माण व्यवसायीहरूको मात्रै दोष छैन कि हाम्रा नेताहरू प्रशासन र नियामक निकायहरू पनि दोषी छन । 

यस्ता बेथिति चिर्ने र नेतासम्मलाई कारबाही गर्ने कानुन पनि ल्याउन अत्यावश्यक देखिएको छ । हामीकहाँ कर्मचारीतन्त्र, सुरक्षा निकाय, संवैधानिक निकाय सबै राजनीतिक दबाब र प्रभावमा चलेकाकै कारण बद्नाम बनेका छन् । 

निजी क्षेत्र निराश हुँदा अर्थतन्त्रमा शिथिलता छाएको छ । सरकारी क्षेत्र अधिकार बढाउन र हस्क्षक्षेप गर्न चाहन्छ । विदेशी लगानीकर्ता पनि भाग्न थालेका छन् । सरकारप्रति जनताको अविश्वास दिनदिनै बढ्न गएको अवस्था छ । 

एउटा अर्थमन्त्रीले मात्रै चाहेर केही हुन्न भन्ने मानसिकतामा अर्थमन्त्री बस्नु हुँदैन । बेलायतका अर्थमन्त्री ग्लाडस्टोनले सन् १८६१ मा हिम्मत र साहस गरेर आर्थिक सुधार कार्यक्रमअन्तर्गत सार्वजनिक लेखा समितिलाई स्थायित्व दिने, महालेखा परीक्षकको कार्यालय खडा गर्ने, अनियमितता र भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने कानुन ल्याएकै कारण त्यो मुलुक समृद्धितिर लम्कियो ।

आर्थिक विकास, समृद्धि तथा सुशासन ल्याउन लि क्वान यु, मोहम्मद महाथिर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जस्तै राष्ट्रमुखी, जनमुुखी तथा समृद्धि एवं सुशासनमुखी क्रान्तिकारी बजेट ल्याउन आवश्यक देखिन्छ ।
spj_thapa@yaho.com
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro