site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राराताल र कालीकोट जोड्ने बाटो पिच गर्न माग 

काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले कर्णालीका पाँच जिल्लाको बजेट सुगमको एक जिल्लाको जतिको पनि नभएको बताएका छन् । 

बिहीबार बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसद शाहीले राराताल जोड्ने र कालीकोट जोड्ने बाटो पिच गर्न पनि आग्रह गरे । उनले रारा जाने सडक गत वर्ष ६ किलोमिटर पिच भएकाले बाँकी बाटो पिच गर्न बजेट निकासाको माग गरे । 

नेपाली भाषाको उत्पत्ति भएको सिंजा जाने बाटो पिच गर्नुपर्ने भन्दै उनले रारा जाने पर्यटक दोस्रो पटक बाटोकै कारण नजाने अवस्था रहेको बताए । 

जुम्ला, मुगु, रारा जोड्ने बाटोको अवस्था अस्तव्यस्त रहेको भन्दै सांसद शाहीले अहिले, सुरुङ, डबल कटिङ्ग, रेलको आवश्यकता पनि औँल्याए । कर्णालीमा रहेको जडीबुटी स्याउ र पर्यटनलगायतका लागि बाटो अत्यावश्यक रहेको उनको भनाइ छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro