site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँचवटा रणनीतिक सडक निर्माणमा सेना, काम कति भयो ?

काठमाडौं । नेपाली सेनाले देशका स्थानमा पाँच वटा रणनीतिक सडक खनिरहेको छ । मन्त्रिपरिषद्ले निर्णय गरी ती सडकको जिम्मेवारी सेनालाई दिएको हो ।

रणनीतिक हिसाबले महत्वपूर्ण, अन्य निकायले बनाउन नसकेका निकै अप्ठ्यारा पाँच सडक खन्न सेना लागिरहेको छ । ती पाँच सडकमा आयोजनामा कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग, उत्तर–दक्षिण कोशी सडक खाँदबारी–किमाथांका, दार्चुला–टिंकर र काठमाडौं– तराई द्रूतमार्ग छन् । 

नेपाली सेनाले हालै रक्षा मन्त्रालयलाई ती सडकहरूको २०८० चैत मसान्तसम्मको प्रगति विवरण बुझाएको छ ।  विवरण अनुसार सेनाले कर्णाली करिडोरअन्तर्गत लालीबगर–दल्लीकन्न, घाटपारीचौर बद्रीगाउँ भक्काखोला खण्डमा काम गरिरहेको छ । उक्त सडक खण्ड २२.०५ किलोमिटरको छ । 

Dabur Nepal
NIC Asia

आर्थिक वर्ष २०७९/८० मा ६ किलोमिटर नयाँ ट्रयाक खनी कूल ९.५ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको थियो ।  चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्ममा थप २.८ किलोमिटर ट्रयाक खोल्दै कुल १२.३ किलोमिटर खनेको सेनाले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा सेनाले ९२ किलोमिटर लामो बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको ३ किलोमिटर नयाँ ट्रयाक निर्माण र ४ किलोमिटर ट्रयाक स्तरोन्नती गरेको थियो ।  उक्त वर्षसम्म आयोजनाको कुल ३५.५ किलोमिटर ट्रयाक निर्माण र ८ किलोमिटर ट्रयाक स्तरोन्नती सेनाले गरेको थियो ।

आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्ममा आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाका थप १.७५ किलोमिटर नयाँ ट्रयाक निर्माण र २.१ किलोमिटर ट्रयाक स्तरोन्नती गर्ने काम सकिएको छ । योसहित उक्त आयोजनाको हालसम्म कुल ३७.२५ किलोमिटर ट्रयाक निर्माण र १०.१ किलोमिटर ट्रयाक स्तरोन्नती गर्ने काम सएिको सेनाले बुझाएको विवरणमा उल्लेख छ ।

सेनाले उत्तर–दक्षिण कोशी सडक खाँदबारी किमाथांका सडक आयोजनाअन्तर्गत च्याम्ताङ्ग–घोङघप्पा खण्डमा पनि काम गरिरहेको छ । १०.५ किलोमिटर लामो उक्त सडकखण्डमा आर्थिक वर्ष २०७९/८० मा ३.५ किलोमिटर नयाँ ट्रयाक निर्माण र २.५ किलोमिटर ट्रयाक स्तरोन्नती गर्ने काम सेनाले गरेको थियो । गत आर्थिक वर्षसम्म च्याम्ताङ्ग–घोङघप्पा खण्डमा कुल ६.५ किलोमिटर ट्रयाक निर्माण र ३ किलोमिटर ट्रयाक स्तरोन्नती गर्ने काम सम्पन्न भएको थियो ।

नेपाली सेनाका अनुसार, आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्ममा थप १.४ किलोमिटर नयाँ ट्रयाक निर्माण र २.४५ किलोमिटर ट्रयाक स्तरोन्नती सम्पन्न गरी कुल ७.९० किलोमिटर ट्रयाक निर्माण र ५.४५ किलोमिटर ट्रयाक स्तरोन्नती गर्ने कार्य सकिएको छ ।

सेनाले ७९ किलोमिटर लामो दार्चुला–टिंकर सडक आयोजनाअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा २ किलोमिटर नयाँ ट्रयाक निर्माण र १.५ किलोमिटर ट्रयाक स्तरोन्नती गरेको थियो । गत आर्थिक वर्षसम्म दार्चुला–टिंकर सडक आयोजनामा कुल १०.४ किलोमिटर ट्रयाक निर्माण र १.५ किलोमिटर ट्रयाक स्तरोन्नती गर्ने काम सम्पन्न भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्ममा सेनाले थप १.९२ किलोमिटर नयाँ ट्रयाक खोल्नुका साथै १.४ किलोमिटर ट्रयाक स्तरोन्नती गरेको छ । योसहित उक्त आयोजनाको हालसम्म कूल १२.३२ किलोमिटर ट्रयाक निर्माण र २.९ किलोमिटर ट्रयाक स्तरोन्नती कार्य सकिएको सेनाले उल्लेख गरेको छ । 

सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं/तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको २०८० चैत मसान्तसम्म भौतिक प्रगति ३३.२० प्रतिशत र वित्तीय प्रगति ३३.०२ प्रतिशत पुगेको छ ।

आयोजनाको कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरूमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६ र ७ निर्माणाधीन छन् । प्याकेज नं. १ख, ९क, ९ख र १० को ठेक्का व्यवस्थापन भई डिजाइन तथा पूर्व तयारीका कार्यहरू भइरहेको सेनाले जनाएको छ ।

द्रुतमार्गको प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय गर्न बाँकी रहेकाले निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।

द्रुतमार्गमा रहेका ६ वटा सुरुङ्गमार्गको कुल लम्बाइ १०.०५५ किलोमिटर छ । ६ मध्ये तीन वटाको निर्माण कार्य भइरहेको छ । निर्माण कार्य चलिरहेको तीन वटा सुरुङ्गमार्गको कुल लम्बाइ ६ हजार ४१५ मिटर छ, जसमध्ये ४ हजार ८८६ मिटर निर्माण कार्य सकिएको छ । 

द्रुतमार्गमा जम्मा ८९ स्थानमा रहेका पुलहरूमध्ये ८५ स्थानका पुलहरू निर्माणका लागि ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । हालसम्म ५ वटा पुल बनिसकेका छन् । द्रुतमार्ग आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने जम्मा १५ हजार ४१६ रोपनीमध्ये सरकारी जग्गा १० हजार २४४ रोपनी र व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी छ । 

अधिग्रहण गर्नुपर्ने व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनीमध्ये हालसम्म ४ हजार ७८० रोपनी जग्गा अधिग्रहण भइसकेको र ३९२ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ ।

द्रुतमार्ग निर्माण गर्दा कटान हालसम्म ३० हजार ५९१ वटा रुखहरू कटान गरिसकिएको छ । २०८० पुस १२ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम कटान स्वीकृति प्राप्त भएका प्रजातीका ४ हजार ३४५ रुखहरूमध्ये हालसम्म २ हजार १८३ रुख कटान सम्पन्न भएको सेनाले जनाएको छ ।

कटान गरिएका रुखहरूको बदलामा हालसम्म कुल ७ लाख ५ हजार ५५२ विरुवा रोपिएको सेनाले रक्षा मन्त्रालयलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro