अर्थ व्यवसाय
काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्गको हालसम्म ७५ प्रतिशत भौतिक प्रगाति भएको छ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उक्त तथ्य प्रस्तुत गरिएको हो ।
आर्थिक वर्ष ०६४/६५ मा मध्यपहाडी राजमार्गको काम थालिएको थियो । ०८३/८४ मा आयोजना सम्पन्न गर्ने प्रस्तावित लक्ष्य थियो ।
हालसम्म आयोजनाको ७५ प्रतिशत भौतिक प्रगाति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।
आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रुपैयाँ निर्धारण गरिएको छ । त्यसमध्ये हालसम्म ६७ अर्ब ४५ करोड तीन लाख रुपैयाँ खर्च भएको उनले प्रस्तुत गरेको विवरणमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्