site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तानातानमा धुर्मुस–सुन्तली, कसरी जुटाउँदैछन् पाँच अर्ब ?
SkywellSkywell

काठमाडौं । नमुना नेपाल, ‘नेपाल भित्रको नेपाल’ निर्माणका लागि यतिबेला हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको जोडी झारपात र जंगल नभनी हिँडिरहेको छ ।

शनिबार उनीहरू धुलिखेल नगरपालिका वडा नं. ८ मा रहेको कटुवा पाखो पुगेका थिए । उनीहरूलाई त्यहाँ पुर्याउन भूमिका खेलेका थिए धुलिखेल नगरप्रमुख अशोक बेञ्जु, वडाध्यक्ष नीरञ्जन जंगम ।
त्यस्तै केही दिनअघि  हास्य दम्पतीसहित उनीहरूको फाउन्डेन धुुर्मस–सुन्तली फाउन्डेसन गोदावरी नगरपालिका वडा नं. ५ लेले पनि पुगेको थियो ।

त्यस वडा अध्यक्ष मिलन सिजवालसहित स्थानीयसँग मिलेर उनीहरूले जग्गा अवलोकन गरे । परियोजना निर्माणका लागि सम्भाव्यस्थलको खोजीमै बितेको छ दिन सीतारामको ।

KFC Island Ad
NIC Asia

भन्छन्, “परियोजनको अवधारणा प्रस्तुत गरेपछि देशविदेशबाट उत्साहजनक प्रतिक्रिया आउन थालेका छन् । परियोजना पूरा नगरी निदाउनै सकूँलाजस्तो छैन ।” त्यसैले अहिले उनी सबै काम थाती राखेर जग्गाको खोजीमा भौँतारिएका छन् । उनलाई जग्गा हेर्न आइदिन दैनिक फोन आउने गरेको छ । 
जग्गाका लागि भक्तपुरको नगरकोट, काभ्रेको पाँचखाल, धुलिखेल, धादिङबाट कुराकानी आइरहेको छ । सबै हिसाबले उपयुक्त ठाउँ निधो भएपछि स्थानीय स्तरमा स्वीकृतिको प्रक्रिया अघि बढाउने उनको भनाइ थियो । त्यसो त परियोजनाको अवधारणाबाट पुलकित भएर देश–विदेशबाट फोन गरेर ‘काम कहिले सुरु गर्ने ?’ भनेर शुभेच्छा व्यक्त गर्ने, तातो लगाउने काम सुरू भइसकेको छ ।

तर, जग्गाको निर्क्योल नभई परियोजना सुरु भइसक्यो भन्ने अवस्था छैन । स्थानीय स्तरमा स्वीकृति लिने, त्यसपछि मन्त्रिपरिषदमा लगेर पास गर्नेलगायतका काम सकिएपछि परियोजनाको ढोका खुल्ने उनी बताउँछन् । र, जग्गा छुट्टै मिल्ने विश्वास पनि छ उनको ।

Royal Enfield Island Ad

\"\"

परियोजनाको सोच
विनासकारी भूकम्प जाँदा उनीहरू अमेरिकामा थिए । तत्कालै नेपाल फर्किएर पीडितको उद्धार र राहतमा जुटे । भूकम्पपीडितको पुनःस्थापनाका लागि शौचालय बनाउन उनीहरू सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका साविकको पिपलडाँडामा पुगेका थिए ।

उकालोमा खुइया काढ्दै श्रीमती कुञ्जना घिमिरेले भनिन्– ७५ जिल्लाकै पीडित जम्मा पारेर एउटा सामुहिक आवास बनाउन पाए पनि हुन्थ्यो नि ! तर, उनीहरूसँग हातमा शौचालय बनाउन बोकेको प्यानबाहेक केही थिएन । त्यही बोकेर पाखो चढ्दै थिए । धुर्मुसले प्यान बिसाएर पसिना पुछेर आकाशतिर फर्किएर उतीबेलै कल्पना गरेका हुन्, नमुना नेपालको ।

भन्छन्, “त्यतिबेला २०÷३० घरका लागि एकीकृत नमुना बस्ती बनाउनेमात्रै अठोट गर्न सक्यौँ । काभ्रेको डाँडागाउँस्थित पहरी बस्ती बनायौँ । सिन्धुपाल्चोकको गिरान्चौर पुगेपछि आत्मविश्वास झनै झाँगियो । शीत चुहिने छानोमुनि ओत लागेका बर्दिबासका ५५ घरपरिवार मुसहरलाई सुविधासम्पन्न घर बनाएर भित्र राखेपछि हामी झनै उत्साहित भयौँ ।

मुसहर बस्ती निर्माण गरेपछि एककिसिमको शून्यताजस्तो थियो । फाउन्डेसनमा केही रकम थियो । जुन रकमले अर्को काम थालिहाल्नु उपयुक्त हुँदैनथ्यो । फाउन्डेसन पनि चल्नुपथ्र्यो । दुई वर्षको अन्तरालमा लगातार तीन बस्ती उभ्याइसकेकाले देशविदेशका शुभचिन्तकले उही प्रश्न गर्न थाले– अब के गर्नुहुन्छ । लौ न केही घोषणा गर्नूस्, हामी हात फैलाउँछौँ ।

नमुना नेपाल, नेपालभित्रको नेपाल बनाउने । हजार रोपनीजतिको जग्गामा ‘सिंगो नेपाल’ उभ्याउने हुटहुटी, व्यग्र छटपटी मनमा थियो । तर, अवधारणा सार्वजनिक गरिहाल्ने आँट थिएन । श्रीमती कुञ्जना घिमिरे पनि ‘सुझबुझपूर्ण निर्णय लिनुपर्छ’ भन्दै थिइन् । तर, देशविदेशका शुभचिन्तकहरूको गुलियो बचनले उनीहरू पुलकित भए र अवधारणा प्रस्तुत गर्ने निष्कर्षमा पुगे । अहिले फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयमा पुगेर सहयोग रकम थमाउनेहरू उल्लेख्य रूपमा बढेको उनको भनाइ छ । 

यसरी जुट्दैछ पाँच अर्ब
गत सोमबार काठमाडौँमा कार्यक्रम गरेर पाँच अर्बको परियोजना प्रस्तुत गरे । मिनिरेल, संग्रहालय, अस्पताल, शिक्षालय, रंगशाला, धरहरा, स्वयम्भु, पशुपति, बौद्धसहित हिमाल, पहाड तराइका सांस्कृतिक, पुरातात्विक, भौगोलिक चिनारीहरू बनाउने लक्ष्यसहितको । एउटै कम्पाउन्डभित्र यति धेरै संरचनाको निर्माण पाँच अर्बमा सकिएला त ! भन्ने प्रश्न पनि छँदै छ । अनि त्यसमाथि पाँच अर्ब कसरी जुट्ला ? भन्ने अर्को प्रश्न पनि छ ।

तर, धुर्मुस ढुक्क जस्तै छन् । भन्छन्, “देशविदेशका सहृदयी हातहरू, संसारभर रहेका नेपाली, नेपाली भाषीको सहयोग, सदाशयताले तीनवटा परियोजना पूर्ण भयो । धेरैले सहयोगको वचन दिनुभएको छ । यसर्थ पनि परियोजना पूरा हुनेमा विश्वस्त छौँ ।”

परियोजना अवधारणा प्रस्तुत गर्ने दिन उनले उद्योगी, व्यवसायी, बैंक तथा वित्तिय संस्थाका प्रमुखहरू आमन्त्रित गरेका थिए । सोहीदिन केहीले सहयोगको घोषणा र अधिकांशले सघाउने प्रतिवद्धता व्यक्त गरेको उनको भनाइ छ ।

जग्गा भेटिएपछि र परियोजनाको शिलान्यास भएपछि ठूलो लहर आउने विश्वास धुर्मुसले लिएका छन् । त्यसैले पनि अहिले उनी सबै काम थाती राखेर जग्गाको खोजीमा निस्किएका छन् ।

त्यस्तै परियोजना पूरा गर्न सरकारले सघाउने पर्ने उनको भनाइ छ । “सरकार बलियो नभइ देशको विकास सम्भव छैन । हाम्रो योजना सरकारलाई सहयोग गर्ने, बलियो बनाउने हो,” उनले थपे ।

यसअघिको योजनामा सरकारबाट भरपूर साथ पाएको बताउँदै नमुना नेपालमा पनि सरकारले सहयोग गर्ने उनको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०७४  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro