काठमाडौं । हरेक वर्ष कुशे औंसीमा भक्तजनको भिड लाग्ने गोकर्णेश्वर मन्दिरमा यसपटक भने सुनसानझैं बन्यो । कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनका रुपमा आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा पुगेर दिवंगत बुबालाई सम्झने गरिन्छ ।
बुबा नहुनेहरु यहाँ पुगेर स्नानसहित पूजा तथा दान गरी बत्ती बाल्ने गरिन्छ । आजको दिन मन्दिरमा धेरै भिड हुने भएकाले कोरोना महामारी फैलिन नपाओस् भनेर गोकर्णेश्वर नगरपालिकाले सूचना जारी गर्दै गोकर्णेश्वर मन्दिर परिसरमा भक्तजनलाई प्रवेशमा रोक लगाएको छ ।
मन्दिर बन्द रहे पनि दिवंगत बुबाको सम्झनामा केही भक्तजनहरु मन्दिर बाहिरै भए पनि दियो बालेर पूजा गर्नका लागि पुगेका थिए ।
कुशे औंसीका दिन गोकर्णेश्वर मन्दिरमा पुगेर बाहिरबाटै पूजा गर्दै गरेका भक्तजनका थप तस्बिर :