एजेन्सी । इङ्ल्यान्ड–पाकिस्तानबीचको तीन खेलको टेस्ट सिरिज क्रिकेट आजबाट सुरु हुँदै छ । पहिलो खेल ओल्ड ट्राफोर्डमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
पाकिस्तानले कोरोना भाइरस महामारीपछि पहिलोपटक टेस्ट क्रिकेट खेल्न लागेको हो । महामारीका कारण आईसीसीले सबै खेलकुद गतिविधि स्थगित गरेको थियो । तर, केही सहजा अवस्था भएसँगै पाकिस्तान टेस्ट सिरिज खेल्न इङ्ल्यान्ड पुगेको हो ।
यता इङ्ल्यान्डले भने महामारीपछि एक टेस्ट सिरिज खेलिसकेको छ । इङ्ल्यान्डले वेस्ट इन्डिजसँग तीन खेलको टेस्ट सिरिज खेलेको थियो । जहाँ इङ्ल्यान्डले २-१ ले सिरिज आफ्नो पक्षमा पारेको थियो ।
दुवै टोली टेस्ट सिरिजको पहिलो खेल जित्दै सुखद सुरुवात गर्न चाहन्छन् । तर, पाकिस्तानका लागि त्यति सहज छैन । घरेलु टोली इङ्ल्यान्डका लागि अलराउन्डर बेन स्टोकस मुख्य हतियार हुन् । त्यस्तै ब्याट्सम्यान डोम सिब्ली र बलर स्टुवार्ड ब्रोड प्रुख खेलाडी हुन् ।
यता पाकिस्ताका लागि ब्याटिङतर्फ बाबार आजाम र सन मसूड मुख्य हतियार हुन । त्यस्तै बलिङतर्फ साहिन अफ्रिदी र मोहम्मद अब्बास प्रमुख खेलाडी हुन् । पछिल्लो पाँच खेलको नतिजा हेर्दा इङ्ल्यान्ड पाकिस्तानमाथि हाबी देखिन्छ । पाँच खेलमा इङ्ल्यान्डले तीन खेल जित्दा दुई खेल हारेको छ ।