site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टिम इभेन्टमा नेपाललाई स्वर्ण, सदभाव शीर्षस्थानमा कायमै

काठमाडौं । नेपालले ३८औँ बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले माथ दिँदै नेपालले स्वर्ण हात पारेको हो । सदभाव आचार्य र राहुल विकको जोडीले इभन–पार २८८ स्कोर गरे ।

सदभावले आज ३–अन्डर ६९ को स्कोर निकाल्दा राहुलले ४–ओभर ७६ स्कोर दर्ज गरे । नेपालले आज १–ओभर १४५ को स्कोर बनायो । पहिलो दिन नेपालले १–अन्डर १४३ स्कोर जोडेको थियो । सदभावले टिमतर्फ स्वर्ण जितेको यो दोस्रोपटक हो । यसअघि ३६औँ संस्करणमा सुवास तामाङसँग उनले स्वर्ण हात पारेका थिए ।

Dabur Nepal
NIC Asia

बंगलादेशको ‘बी’ टिमका शफिकुल इस्लाम र रोमन मियाको जोडी दोस्रो भए । १६–ओभर ३०४ स्कोरसहित घरेलु टिमले रजत पदक हात पा¥यो । यो जोडीले आज १०–ओभर १५४ स्कोर ग¥यो शफिकुलले आज ४–ओभर ७६ र रोमनले ६–ओभर ७८ मा खेल सकाए । बंगलादेशको ‘ए’ टिमका अबु बकर सिद्दिकी र मोहम्मद साहबुद्धिनको जोडीले कास्य पदक प्राप्त गरे। उनीहरूले कुल १८–ओभर ३०६ को स्कोर निकाले ।

नेपाल नम्बर एक सदभाव आचार्यले व्यक्तिगत स्पर्धामा ३६ होलको समाप्तिमा आठ स्ट्रोकको अग्रता बनाएका छन् ।  बंगलादेशका मोहम्मद साहबुद्धिनलाई आठ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा कायमै रहन सफल भएका हुन् । पहिलो दिनका लिडर सदभावले दोस्रो दिन पनि ३–अन्डर ६९ स्कोर निकाले ।

सदभावले आज १०औँ होलबाट खेलको सुरूआत गरे । १०औँ र ११औँ होलमा एक–एक सट बचाउँदै राम्रो सुरुआत गरे । तर १४औँ होलमा एक सट खेर फाले । १७औँ होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३४ मा पूरा गरे । यसपछि तेस्रो होलमा बर्डी प्रहार गरे पनि चौथो होलमा डबल बोगीको सामना गरे ।  पाँचौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।  

बंगलादेशका मोहम्मद साहबुद्धिन समग्रमा २–ओभर १४६ स्कोरमा दोस्रो स्थानमा रहेका छन् । उनले आज २–ओभर ७४ को स्कोर निकाले । श्रीलंकाका चुलिथा पुष्पिका तेस्रो स्थानमा छन् । उनले आज ३–ओभर ७५ खेल्दै समग्रमा ५–ओभर १४९ स्कोर गरे । नेपालका राहुल विके र बंगलादेशका शफिकुल इस्लाम ६–ओभर १५० सहित संयुक्त रूपमा चौथो स्थानमा रहेका छन् । उनीहरूले आज समान ४–ओभर ७६ को प्रदर्शन गरे ।

३६ होलको समाप्तिमा २९–ओभर सम्म खेलेका ५२ गल्फरले कट बनाएका छन् । प्रतियोगितामा कुल १०० खेलाडीको सहभागिता रहेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro