site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैतडीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको हो ।

दशरथ चन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा सवै विकेट गुमाएर ७१ रन बनायो । बहत्तर रनको विजयी लक्ष्य बैतडीले १२ दशमल दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । बैतडीका लागि कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ  कञ्चनपुरकी मन्जु विष्टले दुई विकेट लिइन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि पहिला ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि रेवती धामीले ४१ रनको योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ बैतडीका लागि जानकी थापाले दुई विकेट लिइन् । उनी वुमन अफ दी फाइनल घोषित भइन् । बैतडीकी ऋतु कनौजिया प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी घोषित भइन् ।

विजेता तथा उपविजेता खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत राष्ट्रिय टोली तयारीका निर्देशक एवं ओलम्पियन दीपक विष्ट, क्यानका केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा लगायतले पुरस्कार प्रदान गरे ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा यही पुस १९ गतेदेखि सुरू भएको प्रतियोगितामा प्रदेशका सात जिल्लाको टोली सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro