site stats
बाह्रखरी :: Baahrakhari
कला
‘ममी’को नयाँ पोस्टरमा डराइरहेकी प्रियंका 

काठमाडौं । चलचित्रको ‘ममी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की फिचर्ड छिन् । 

उनलाई डराइरहेको भावमा देख्न सकिन्छ । उनको छेउमा कालो बिरालो छ ।

Argakhachi Cement Island Ad

पुरानो घरको अगाडि उभिएकी प्रिंयका र उनको पछाडि रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती, बाल कलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्बिर देख्न सकिन्छ । 

हरर फ्यामिली ड्रामा ‘ममी’मा प्रियंकासँगै दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा समर निरौला र पूर्णिमा जोशीले लेखेका छन् । निर्देशन समर निरौलाले गरेका छन् । निर्माता लोकराज जोशी र पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्