site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलोपटक नेपालमा दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुँदै

काठमाडौं । काठमाडौंमा आगामी शनिबारदेखि प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुने भएको छ । नेपालजितकुण्डो मार्सल आट्र्स संघको आयोजनामा पहिलोपटक नेपालमा दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुन लागेको हो ।

दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । जितकुण्डो मार्सल आट्र्स संघले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै दक्षिण एसियामा पहिलोपटक हुन लागेको एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताबारे जानकारी दियो ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी कुल ७० खेलाडीले प्रतिस्पर्धा गर्नेछ । आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले ब्रुस ली खेल र सिद्धान्तबाट शुरु भएको यस खेललाई नेपालमा विकास गर्न अन्तर्राष्ट्रिय प्रतियोगिता आवश्यक रहेकाले दक्षिण एशियाली च्याम्पियनसिप गरिएको बताए ।

प्रतियोगितामा पुरुषमा पाँच र महिलामा गुई गरी सात स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ । महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा  प्रतिष्पर्धा हुनेछ ।

हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए । स्वर्ण विजेतालाई ४१ हजार र अन्य पदक विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ । कुल पुरस्कार राशि तीन लाख ५० हजार रुपैयाँ रहेको छ । नेपालबाट हरेक तौलसमूहमा तीन खेलाडीको प्रतिस्पर्धा रहेन भएको छ ।

प्रतियोगितामा टोखा नगरपालिकाको मुख्य प्रायोजन छ । प्रतियोगिता सञ्चालन गर्न अनुमानित २२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितालाई लक्षित गरी नवौँ टेडवाङ जितकुण्डो सेमिनार बिहीवारदेखि बत्तीस पुतलीमा सुरु भएको छ । दुईदिने सेमिनारको पहिलो दिन खेलाडी र प्रशिक्षक सहभागी छन् । दोस्रो दिन शुक्रबार रेफ्री सेमिनार हुनेछ । मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले सेमिनारमा प्रशिक्षण दिनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro