काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकाका सबै रुटमा बस सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणबाट जोगिन सबै सुरक्षा अपनाइ साझाले आफ्नो सेवा नियमित गरेको हो ।
स्वास्थ्य सुरक्षासहित आज (बिहीबार) बिहानदेखि साझा यातायातले सेवा नियमित गरेको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले बाह्रखरीलाई जानकारी दिए । पाण्डेका अनुसार साझाले २६ वटा बसबाट आफ्ना नौवटै रुटमा सेवा दिएको हो । उनले यात्रुको चाप हेरेर बाँकी गाडी पनि सञ्चालनमा ल्याइने जानकारी दिए ।
काठमाडौंमा चल्न थाले साझाका बस, पहिलेभन्दा ५० प्रतिशत भाडा महँगो
साझाले सरकारले तोकेअनुसार साबिकको भन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा दिन लागेको हो । चालक, सहचालक एवं यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले तोकेको मापदण्डअनुसारै सार्वजनिक यातायात चलाउन थालेको साझाले स्वास्थ्य सुरक्षालाई पनि निकै प्राथमिकतामा राखेको छ । हेरौं स्वास्थ्य सुरक्षासहित सार्वजनिक सेवाका लागि तयार भएका साझा यातायातका थप तस्बिर :