काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकाका सबै रुटमा बस सञ्चालनमा ल्याएको छ । आज बिहानदेखि साझा यातायातले बस सञ्चालनमा ल्याएको हो । साझाले २६ वटा बसबाट आफ्ना नौवटै रुटमा सेवा दिन लागेको प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए ।
सबै रुटलाई प्राथमिकता दिएर २६ वटा बसमार्फत सेवा दिन लागेको उनले बताए । यात्रुको चाप हेरेर बाँकी गाडीहरु पनि सञ्चालनमा ल्याइने उनले बताए । सरकारले तोकेअनुसार साबिकको भन्दा ५० प्रतिशत बढी भाडा लिएर साझाले सेवा दिन लागेको हो । सरकारले साबिकको भाडामा ५० प्रतिशत थपेर लिन पाउने निर्णय गरेको थियो ।
चालक, सहचालक एवं यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले तोकेको मापदण्डअनुसारै गाडी चलाउने उनले बताए ।