site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदनमा मन्त्रीको आक्रोशपूर्ण जवाफ

जनकपुर । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले सदनमा उठेका प्रश्नको जवाफ दिएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद रामचन्द्र मण्डल र सत्तापक्षकै सांसद उपेन्द्र महतोले छलफलको क्रममा पोखेको गुनासो ‘आफ्नो क्षेत्रमा कम बजेट पठाएको’ भन्ने सन्दर्भमा मन्त्री राय आक्रोशित देखिएका थिए । 

“माननीय उपेन्द्र महतो र माननीय रामचन्द्र मण्डलले कसरी आफ्नो क्षेत्रमा न्युन बजेट आएको भन्नु भाको छ त्यो सुनेर मलाई आश्चर्य लाग्यो,” मन्त्रीले भने ।

उनले सांसद महतो र मण्डलले प्रतिनिधित्व गर्ने क्षेत्रमा विनियोजन गरिएको करिब तीन करोड रुपैयाँ बराबरका योजनाहरु वाचन गरेर सुनाएका थिए । 

मन्त्री रायले अगामी आवका लागि आफ्नो मन्त्रालयले तीन अर्ब २५ करोड रुपैयाँ मात्र प्राप्त गरेको उल्लेख गरे । 

“मन्त्रालयले योजनासहित पेश गरेको मध्ये ५१ करोड रुपैयाँ बराबरको बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयले कुनै समन्वय नै नगरी कटौति गरेको छ” आर्थिक मामिला तथा योजना मन्त्रालयप्रति आक्रोश पोख्दै उनले विना कुनै समन्वय बजेट कटौति गरेकोमा दुःख व्यक्त गरे । 

सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको सन्दर्भमा अधिकार बाँडफाँटको विषयमा संघीय सरकार र प्रदेश सरकारबीच अदालतमा मुद्दा चलिरहेको बताउँदै मन्त्री रायले उक्त मुद्दा फछ्र्यौट नभएसम्म उक्त वनमा बजेट राख्न नमिल्ने बताए । 

यद्यपि, चालु आवमा र अगामी आवका लागि पनि एक करोड रुपैयाँको दरले कर्मचारी व्यवस्थापन गर्न विनियोजन गरिएको उनको भनाई थियो । मुद्दा फछ्र्यौट हुनासाथ सागरनाथ वनको संरक्षण र सम्बद्र्धन गर्न यथोचित बजेट व्यवस्था गर्ने उनले आश्वासन दिए । 

अघिल्लो आव २०७५–०७६ मा सम्पन्न भएका योजनाहरुको बाँकी रहेको भुक्तानीमा आफ्नो मन्त्रालयको पनि साढे १५ करोड रुपैयाँ रहेको उल्लेख गर्दै महोत्तरीको दुई वटा योजना निरिक्षण गर्न पनि बाँकी रहेको बताए । 

उनले भने, “काम सम्पन्न भएपनि समयमा कागजात उपर कारवाही हुन नसक्दा भुक्तानी रोकिएको थियो । महोत्तरीको जलेश्वरनाथ मन्दिर र जलेश्वर अस्पतालमा निर्माण गरिएको हरित पार्क निर्माण गरिएको छ । उक्त योजनाहरुको पनि निरिक्षण गरी काम भएको छ भने भुक्तानी प्रक्रियामा सहयोग गरिदिनुहोस् ।”
 

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro